२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

२४ मंसिर २०७५, सोमबार ०७:३९

मङ्सिर २४, एडीलेड | अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो । 

पाँचौं दिन जितका लागि ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोली २९१ रनमा अलआउट भएको थियो । भारतको जितमा महत्वपूर्ण आधार तयार गरेका चेतेश्वर पुजारा म्यान अफ द म्याच घोषित भएका थिए । 

भारतका तर्फबाट रविचन्द्रन अश्विन, जसप्रित बुमराह र मोहम्मद सामीले तीनतीन विकेट लिएका थिए भने इशान्त शर्माले एक विकेट लिए । 

अस्ट्रेलियाका लागि शन मार्सले ६२ र कप्तान टीम पेनले ४१ रन बनाएका थिए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका थिएनन् । उनीहरु नियमित अन्तरालमा आउट भएका कारण शुरुदेखि नै अस्ट्रेलिया दबाबमा परेको थियो । 

अस्ट्रेलियामा भारतले सन् २००८ मा पर्थस्थित वाका रङ्गशालामा अन्तिम पटक टेस्ट जितेको थियो । एडीलेड मैदानमा भने अस्ट्रेलिया विरुद्ध भारतले सन् २००३ मा अन्तिम पटक टेस्ट जितेको थियो । 

आगामी शुक्रबारदेखि दुवै टीमबीच पर्थमा दोस्रो टेस्ट हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य