पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २७, सिन्धुलीपाल्चोक | सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोकगढी नगरपालिका १२ साँगाचोकका ३० बर्षीय विक्रम गिरी र उनकी श्रीमती ३५ बर्षीया विष्णु गिरीलाई घरेलु हिंसा मुद्धामा जनही दुई महिना कैद र २० हजार रुपैयाँ जरिवना गर्ने फैसला सुनाएको हो ।

फैसला अनुसार दुवैले हजुरआमार्ला ५० हजार रुपैयाँको दरले क्षतिपुर्तिसमेत दिनुपर्ने छ, अदालतका स्रेस्तादार लेखनाथ पौडेलले भने, आफुलाई नाति तथा नातिनी बुहारीले खान लाउन नदिने, हेला तथा कुटपिट गर्ने गरेको भन्दै ७८ बर्षीया राधाकुमारी गिरीले अदालतमा मुद्धा हालेकी थिईन् ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।