2026-10-30 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महिनामै १० लाख विदेशी पर्यटक नेपालमा

मंसिर २७, काठमाडौं । सन् २०१८ को ११ औं महिनामा नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेम्बरसम्म नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ सोहि अवधिको भन्दा १७ प्रतिशतले बढी रहेको वोर्डले जनाएको छ ।

यो तथ्यांकमा अक्टोबर र नोभेम्बर महिनामा स्थलगत रुपमा आएका पर्यटकको संख्या सामेल छैन । यो संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डले जनाएको छ ।

यो ११ महिनामा २ लाख ६० हजार पर्यटक भारतबाट आएका छन् । यस्तै यसवर्ष १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ ।

युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । यो वर्ष २ लाख २४ हजार पर्यटकले पनि नेपालको भ्रमण गरेका छन् । ११ महिने अवधिमा ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पर्यटक नेपाल भित्रिएका थिए ।बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले ११ महिनामै १० लाख पर्यटक भित्रिनुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बलियो आधार हुने बताए ।

सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ