६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आधा अर्ब अमेरिकी डलरका सामग्री निर्यात

२८ मंसिर २०७५, शुक्रबार ०८:३३

मङ्सिर २८, काठमाडौँ । दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ व्यापार र लगानी अत्यन्त कम भएको बताए । 

अर्थमन्त्री युवराज खतिवडाले प्रतिवेदन सार्वजनिक गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर बन्दव्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सृजना हुन्छन् ।” 

अहिलेको प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले नधान्ने यथार्थ औँल्याउँदै मन्त्री डा खतिवडाले कृषि क्षेत्रको प्रभावमा रहेको दक्षिण एशियाको अर्थतन्त्रलाई नवीनतम उत्पादन र सेवाबाट सशक्त तुल्याउन सकिने बताउनुभयो । तीनदशक अघिदेखि देशको आर्थिक उन्नयनलाई राज्यले प्राथमिकतामा राखेको चर्चा गर्दै उहाँले विकास र लगानीका अवरोधले लक्षीत उपलब्धि हासिल हुन नसकेको वास्तविकता सुनाउनुभयो । “नीतिगत एवं संरचनागत सुधारबाटै गन्तव्यमा पुग्न सकिन्छ, हामी सुधारका पक्षमा छौँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का