२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आधा अर्ब अमेरिकी डलरका सामग्री निर्यात

२०७५, २८ मंसिर शुक्रबार ०८:३३

मङ्सिर २८, काठमाडौँ । दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ व्यापार र लगानी अत्यन्त कम भएको बताए । 

अर्थमन्त्री युवराज खतिवडाले प्रतिवेदन सार्वजनिक गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर बन्दव्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सृजना हुन्छन् ।” 

अहिलेको प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले नधान्ने यथार्थ औँल्याउँदै मन्त्री डा खतिवडाले कृषि क्षेत्रको प्रभावमा रहेको दक्षिण एशियाको अर्थतन्त्रलाई नवीनतम उत्पादन र सेवाबाट सशक्त तुल्याउन सकिने बताउनुभयो । तीनदशक अघिदेखि देशको आर्थिक उन्नयनलाई राज्यले प्राथमिकतामा राखेको चर्चा गर्दै उहाँले विकास र लगानीका अवरोधले लक्षीत उपलब्धि हासिल हुन नसकेको वास्तविकता सुनाउनुभयो । “नीतिगत एवं संरचनागत सुधारबाटै गन्तव्यमा पुग्न सकिन्छ, हामी सुधारका पक्षमा छौँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ