२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ७ जना काठमाडौंबाट पक्राउ

२ पुष २०७५, सोमबार ०७:०१

पुस २, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । 

वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो । “विगत लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । 

प्रहरीले पक्राउ गरेका सात जनासँग रु ७० हजार ५०० नेपाली र भारु रु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य