पढ्न करिब 1 मिनेट लाग्छ

पुष ४, काठमाडौं | बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठ लगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए ।

तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् । कर छलीकै उदेश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ, अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले भने, छानविनमा तानिएमा आफुहरु जोगिने उदेश्य उनीहरुको देखिन्छ ।

- आजको नयाँ पत्रिकामा यो खबर छ ।