१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी, सिसी क्यामेराले देखायो यस्तो रेकर्ड

६ पुष २०७५, शुक्रबार ०७:०७

पुस ६, भद्रपुर | प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उहाँलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो । 

“एक जना मानिस छेउमा देखिएका छन्”, प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो, “बुधबार बिहान ९:२५ बजे उहाँ काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेटपश्चात भारतीय नाका पानीट्याङ्कीमा पुग्नुभएको सिसी क्यामेरामा देखिएको छ ।” 

खोजीमा जुटेको प्रहरीले काँकरभिट्टा र पानीट्याङ्की नाकामा राखिएको सिसी टिभीको फुटेज अध्ययन गरेर उहाँ बुधबार बिहान भारततिर पुगेको पत्ता लगाएको हो । उहाँ चढेको रिक्सामा अर्को एक व्यक्तिसमेत सवार रहेको र ती व्यक्ति को हुन् भन्ने पहिचान गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । भारतको पानीट्याङ्कीबाट उहाँ कता पुग्नुभयो भन्ने प्रहरीले खोजी गरिरहेको जनाएको छ । 

भारततिर लागेको प्रमाण फेला परे पनि यो समाचार तयार पार्दासम्ममा ४९ वर्षीय नेता भण्डारी कसैको सम्पर्कमा आउनुभएको छैन । उहाँ बुधबार बिहान ९ बजेतिर घरबाटै सम्पर्कविहीन हुनुभएको थियो । उहाँले नियमित रुपमा प्रयोग गर्दै आउनुभएको मोबाइल फोन र मोटरसाइकल भने घरमै रहेको छ । 

“हामी भारततिरको प्रहरीको सहयोगमा सबै कुरा बुझ्दैछौँ, खोज्दैछौँ”, जिल्लाका प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रहरीले नेता भण्डारीले घरमा छाडेका दुवै मोबाइल फोन साथमा लिएर कलडिटेल लिएको छ भने एक महीना अघिदेखि धेरै मात्रामा आउने फोन कलको निगरानी र अध्ययन गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार