२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी, सिसी क्यामेराले देखायो यस्तो रेकर्ड

२०७५, ६ पुष शुक्रबार ०७:०७

पुस ६, भद्रपुर | प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उहाँलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो । 

“एक जना मानिस छेउमा देखिएका छन्”, प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो, “बुधबार बिहान ९:२५ बजे उहाँ काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेटपश्चात भारतीय नाका पानीट्याङ्कीमा पुग्नुभएको सिसी क्यामेरामा देखिएको छ ।” 

खोजीमा जुटेको प्रहरीले काँकरभिट्टा र पानीट्याङ्की नाकामा राखिएको सिसी टिभीको फुटेज अध्ययन गरेर उहाँ बुधबार बिहान भारततिर पुगेको पत्ता लगाएको हो । उहाँ चढेको रिक्सामा अर्को एक व्यक्तिसमेत सवार रहेको र ती व्यक्ति को हुन् भन्ने पहिचान गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । भारतको पानीट्याङ्कीबाट उहाँ कता पुग्नुभयो भन्ने प्रहरीले खोजी गरिरहेको जनाएको छ । 

भारततिर लागेको प्रमाण फेला परे पनि यो समाचार तयार पार्दासम्ममा ४९ वर्षीय नेता भण्डारी कसैको सम्पर्कमा आउनुभएको छैन । उहाँ बुधबार बिहान ९ बजेतिर घरबाटै सम्पर्कविहीन हुनुभएको थियो । उहाँले नियमित रुपमा प्रयोग गर्दै आउनुभएको मोबाइल फोन र मोटरसाइकल भने घरमै रहेको छ । 

“हामी भारततिरको प्रहरीको सहयोगमा सबै कुरा बुझ्दैछौँ, खोज्दैछौँ”, जिल्लाका प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रहरीले नेता भण्डारीले घरमा छाडेका दुवै मोबाइल फोन साथमा लिएर कलडिटेल लिएको छ भने एक महीना अघिदेखि धेरै मात्रामा आउने फोन कलको निगरानी र अध्ययन गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने