२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरघरमा आम्दानीमूलक व्यवसाय

२०७५, ६ पुष शुक्रबार ०८:४५

 पुस ६, खोटाङ  (रासस) |  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी देवीकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका छोराको कमाइले परिवार चल्दैनथ्यो । उहाँको परिवारमा आम्दानीको बाटो पहिल्याउने कुनै मेसै थिएन । 

अहिले देवीकुमारीको जग्गा तरकारीले हराभरा बनेको छ । ४३ वर्षीया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुनलगायत विभिन्न जातका तरकारी फलेका छन् । 

‘‘गर्दा के नहुने रैछ र ? छ हजार लगानीमा शुरु गरेको व्यावसायिक तरकारी खेती मेरा लागि राम्रो आम्दानीको स्रोत बनेको छ’’ देवीकुमारीले भन्नुभयो । उहाँले नपत्याउँदो ढङ्गबाट त्यही तरकारीखेतीबाट मासिक रु १६÷१७ हजार आम्दानी लिनु भएको छ । देवीकुमारीले आम्दानी र खर्चको विवरणसमेत चुस्त राख्ने गर्नुभएको छ । यसो गर्दा खर्च घटाउन र आम्दानी बढाउन सकिने उहाँको अनुभव छ । 

देवीकुमारी जस्तै हाल सो वडाबाट वैदेशिक रोजगारीमा गएकाको सबै परिवारले आम्दानीको बाटो समाएका छन् । उनीहरुले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी बचत गर्न तथा वैदेशिक रोजगारीबाट आफन्तले कमाएको रकम बचाउन थालेका छन् । 

विदेशीले दुःख गरी कमाएको रकमको महत्व बुझी घरैमा पनि आम्दानी बढाउनुपर्ने त्यहाँका स्थानीयको बुझाइ छ । यो खालको बुझाइ वित्तीय साक्षरता कक्षाबाट प्राप्त भएको स्थानीय महिला सुनाउँछन् । 

वैदेशिक रोजगारीमा गएको परिवारका सदस्य अर्थात् विप्रेषण सञ्चालकलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आम्दानीमूलक व्यवसाय शुरु गर्ने जाँगर पलाएको उनीहरुको भनाइ छ । 

परिवार सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र भोलिका दिनमा कसरी आर्थिकरुपले सम्पन्न बन्ने भन्ने विषयमा छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थामा बचत बढाएर जीवन बीमासमेत गराएका छन् । 

बाल सेवा समाज नेपाल नेर्पा खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाले पूरै वडामा परिवर्तन आएको छ । सहभागीलाई टनेल, पाइप, हजारी, स्प्रिङकल र विभिन्न जातका तरकारीका बीउसमेत वितरण गरिएको छ । उक्त सामग्रीलाई उपयोगमा ल्याएपछि झनै आम्दानी बढाउन सकिएको सहभागी बताउँछन् । 

सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाबाट वित्तीय लक्ष्य निर्धारण हुनुका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उपायाका बारेमा समेत छलफल गर्ने गरिएको छ । उक्त कक्षाका सहभागीले सिकेका कुरालाई व्यावहारिक जीवनमा प्रयोग गरेकाले सफल बनेको वित्तीय साक्षरता सहजकर्ता मीनप्रसाद आचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित