पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस ९, काठमाडौँ | दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । </p><p>२०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। </p><p>ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको सर्त उल्टाएको हो। अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ।</p><p>पत्रपत्रिकाबाट</p>

