2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका नेपालीले यसरी क्रिसमस पर्व मनाए (फोटो फिचर)

पुष ११, अमेरिका | अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधाम साथ क्रिसमस अर्थात् ईसाई पर्व मनाएका छन् । र अमेरिकाका विभिन्न राज्यहरुमा समयको फरक हुनाले यो क्रम जारी रहेको छ । अमेरिका आएका नेपालीहरु मध्ये ईसाई धर्म अपनाउनेले मात्र नभई हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाएका छन् । 

यो पर्व मात्र नभई अमेरिकामा रहेका सबै जसो चाडपर्वहरु पनि नेपाली समुदायले मनाउने गरेका छन् । जस्तो देश उस्तै भेष भने झैँ श्रद्धापूर्वक यस्ता र चाडपर्वहरुमा रमाउन थालेका छन् । यसको साथै आफ्ना चाडपर्व दशैँ ,तिहार ,तिज ,नया बर्ष ,छठ ,नेपाल सम्बत ,ल्होछार पर्व आदी इत्यादीलाई उतिकै ले श्रद्धा तथा भक्तिका साथ मनाउदै आई रहेका छन् । आफ्ना छोराछोरीलाई आफ्ना संस्कृति,चाडपर्व ,भाषा परम्परालाई उत्तिकै उच्च प्राथमिकताको अभिभावकले सिकाई रहेका छन् । 

यसको साथै नेपाली समुदायको जनघनत्व ९० को दशक देखि नै बिजगणतीय रुपमा वृद्धि हुदै गएको र तीन पुस्ते समेत जम्मा हुन् थालेकोले अमेरिकामा मनाइने चाडपर्व मध्ये क्रिसमस लाई महत्वका साथ मनाएका समाचार छ । 

मिठा खानाका परिकार बनाएर खाने र ठाउँ ठाउँमा सजावट गरिएका स्थानहरुमा परिवार सहित घुमघाम गर्ने समेत गरिन्छ । नेपाली समुदायले क्रिसमसमा आफ्ना साथीभाई आफन्त परिवार बीच शुभ कामनापत्र आदान प्रदान समेत गरेका छन् । 

अमेरिकामा नेपाली समुदायका अमेरिकामा जन्मेका दोश्रा पुस्ताका सन्तानहरु पनि बढ्न थालेकोले उनीहरुलाई साथ दिन यो पर्व मनाउने क्रम वृद्धि हुदै गएको छ । क्रिसमसको अघिल्लो दिन देखि नै आफन्त ,साथीभाई ,इष्टमित्र परिवार साथ जाने र रमाइलो गरेका छन् । 

साथै उपहार कोसेली लिएर जाने र खाना खाने र खुवाउने समेत गरेका समाचार धमाधम प्राप्त भएको छ । यसै गरि नेपाली समुदायले समेतले पनि विभिन्न प्रकारका उपहार आदन प्रदान गरेका छन् । यसै गरि तिहार झैँ झिलिमिली घर सिंगार्ने ,सफा सुग्घर तथा सजावट समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई