१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले कति नेपाली कामदार लैजाने भन्नेबारे प्राविधिक वार्ता हुँदै

१२ पुष २०७५, बिहीबार ०२:५५

पुस १२, काठमाडौँ । नेपालका सीपयुक्त दक्ष युवाका लागि जापानमा रोजगारीको अवसर प्राप्त भएको छ । जापान सरकारले नेपालीलगायतका श्रमिकलाई अनुमति दिने निर्णय गरेको हो । 

केहीअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानका समकक्षीको भेटका क्रममा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेअनुरूप नै जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जापान सरकारले मङ्गलबार गरेको निर्णय अनुसार नेपालसहित विभिन्न नौवटा देशबाट पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिए पनि नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको जानकारी दिए । 

उनले आउँदो जनावरीभित्र जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली श्रमिकलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अगाडि बढ्ने र सोही समयमा सङ्ख्याको समेत टुङ्गो लाग्ने जानकारी दिए । 

सचिव दाहालले जापानले नेपाली श्रमिकलाई पनि लिने निर्णय गरेसँगै नेपाली श्रमिकलाई बढीभन्दा बढी अवसर दिने गृहकार्यमा जुटेको बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली