२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दर बन्नकै लागी अनुहारमाथि आगो !

२०७५, १४ पुष शनिबार ०६:२१

सुन्दर बन्ने होडमा मानिसहरु केसम्म गर्न सक्छन् भन्ने थाहा पाउन भियतनाममा चलेको ट्रेन्ड हेरे पुग्छ । यहाँका पुरुष र महिलाहरु सुन्दर र चम्किलो देखिनका लागि अनुहारमाथि आगो लगाउन पनि तयार छन् ।


अनुहार सुन्दर बनाउनको अनुहारमा आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकपि्रय छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र स्पामा फायर थेरापी लिइरहेका छन् ।

कसरी गरिन्छ फायर थेरापी ?

यसमा अनुहारमाथि एक तौलिया राखेर त्यसमा आगो लगाइन्छ । करिब ३० सेकेण्डदेखि एक मिनेटसम्म आगो लगाइन्छ ।

यो थेरापीको प्रयोगले अनुहारको सुन्दरता मात्रै बढाउने होइन बरु टाउको दुख्ने, अनिन्द्रा, शरीर दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाइने भियतनामीहरुको विश्वास छ । साथै पाचनप्रणाली पनि ठिक हुने उनीहरु बताउँछन् । सामाजिक सञ्जालमा यो थेरापीको भिडियो भाइरल भैरहेको छ 

अल्कोहलको प्रयोग

फायर टि्रटमेन्टको लागि एक विशेष प्रविधि अपनाइन्छ । यसमा विशेष खालको अल्कोहल छर्किर्एको तौलियाले अनुहारलाई राम्रोसँग ढाकिन्छ ।

अनुहारलाई आगोले कुनै नोक्सान नपुर्‍याओस भनेर एक अर्को तौलियालाई तल राखिन्छ । अहिलेसम्म यो टि्रटमेन्टबाट कसैलाई पनि नोक्सान भएको खबर आएको छैन ।

थेरापिस्टहरुका अनुसार फायर टि्रटमेन्टले अनुहारका कोषहरुमा भाइब्रेसन पैदा गर्छ । जसले कोषहरु जिवित हुन्छन् र तपाईं सुन्दर देखिन थाल्नुहुन्छ । तौलियामा छर्किनको लागि प्रयोग हुने अल्कोहललाई एलिग्जर भनिन्छ ।

चाया र दागको उपचार

मिडिया रिपोर्टहरुका अनुसार यो टि्रटमेन्टको माध्यमबाट अनुहारको दाग र सुख्खापना कम गरिन्छ । यो थेरापी अनुहार बाहेक शरीरको अन्य कुनै पनि भागमा पनि गर्न सकिन्छ ।

साथै यो थेरापीबाट मोटोपना र खोकीको उपचार पनि सम्भव रहेको बताइन्छ । चीनमा पनि यो विधि लोकपि्रय छ जहाँ यसलाई ‘फ्लेम फेसियल’ भनिन्छ । यो थेरापी लिएका धेरै मानिसहरुले यसबारेमा सकरात्मक प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षित थेरापिस्ट चाहिन्छ

थेरापिस्टका अनुसार यो टि्रटमेन्ट पूर्णरुपमा सुरक्षित हुन्छ । तर यो प्रशिक्षित थेरापिस्टद्वारा मात्रै गराउनुपर्छ ।

तौलियामा कति मात्रामा अल्कोहल राख्ने, यसलाई कतिबेरसम्म छालामा राख्ने यो सबै पहिले नै निश्चित हुन्छ । यो थेरापीले छालालाई एक किसिमको गर्मीपना मिल्छ तर सहनै नसकिने गरी पोल्दैन । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने