३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दर बन्नकै लागी अनुहारमाथि आगो !

१४ पुष २०७५, शनिबार ०६:२१

सुन्दर बन्ने होडमा मानिसहरु केसम्म गर्न सक्छन् भन्ने थाहा पाउन भियतनाममा चलेको ट्रेन्ड हेरे पुग्छ । यहाँका पुरुष र महिलाहरु सुन्दर र चम्किलो देखिनका लागि अनुहारमाथि आगो लगाउन पनि तयार छन् ।


अनुहार सुन्दर बनाउनको अनुहारमा आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकपि्रय छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र स्पामा फायर थेरापी लिइरहेका छन् ।

कसरी गरिन्छ फायर थेरापी ?

यसमा अनुहारमाथि एक तौलिया राखेर त्यसमा आगो लगाइन्छ । करिब ३० सेकेण्डदेखि एक मिनेटसम्म आगो लगाइन्छ ।

यो थेरापीको प्रयोगले अनुहारको सुन्दरता मात्रै बढाउने होइन बरु टाउको दुख्ने, अनिन्द्रा, शरीर दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाइने भियतनामीहरुको विश्वास छ । साथै पाचनप्रणाली पनि ठिक हुने उनीहरु बताउँछन् । सामाजिक सञ्जालमा यो थेरापीको भिडियो भाइरल भैरहेको छ 

अल्कोहलको प्रयोग

फायर टि्रटमेन्टको लागि एक विशेष प्रविधि अपनाइन्छ । यसमा विशेष खालको अल्कोहल छर्किर्एको तौलियाले अनुहारलाई राम्रोसँग ढाकिन्छ ।

अनुहारलाई आगोले कुनै नोक्सान नपुर्‍याओस भनेर एक अर्को तौलियालाई तल राखिन्छ । अहिलेसम्म यो टि्रटमेन्टबाट कसैलाई पनि नोक्सान भएको खबर आएको छैन ।

थेरापिस्टहरुका अनुसार फायर टि्रटमेन्टले अनुहारका कोषहरुमा भाइब्रेसन पैदा गर्छ । जसले कोषहरु जिवित हुन्छन् र तपाईं सुन्दर देखिन थाल्नुहुन्छ । तौलियामा छर्किनको लागि प्रयोग हुने अल्कोहललाई एलिग्जर भनिन्छ ।

चाया र दागको उपचार

मिडिया रिपोर्टहरुका अनुसार यो टि्रटमेन्टको माध्यमबाट अनुहारको दाग र सुख्खापना कम गरिन्छ । यो थेरापी अनुहार बाहेक शरीरको अन्य कुनै पनि भागमा पनि गर्न सकिन्छ ।

साथै यो थेरापीबाट मोटोपना र खोकीको उपचार पनि सम्भव रहेको बताइन्छ । चीनमा पनि यो विधि लोकपि्रय छ जहाँ यसलाई ‘फ्लेम फेसियल’ भनिन्छ । यो थेरापी लिएका धेरै मानिसहरुले यसबारेमा सकरात्मक प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षित थेरापिस्ट चाहिन्छ

थेरापिस्टका अनुसार यो टि्रटमेन्ट पूर्णरुपमा सुरक्षित हुन्छ । तर यो प्रशिक्षित थेरापिस्टद्वारा मात्रै गराउनुपर्छ ।

तौलियामा कति मात्रामा अल्कोहल राख्ने, यसलाई कतिबेरसम्म छालामा राख्ने यो सबै पहिले नै निश्चित हुन्छ । यो थेरापीले छालालाई एक किसिमको गर्मीपना मिल्छ तर सहनै नसकिने गरी पोल्दैन । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड