२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न

२०७५, १५ पुष आईतवार १६:१४

पुष १५, काठमाडौँ | नेपाली साहित्यको क्षेत्रमा बिगत आधा दशक देखि नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न भएको छ । हेटौंडालाई कर्म थलो बनाएर साधनारत युबा पुस्ताका लोकप्रिय शसक्त कवि निमेष निखिलको आधा दर्जन कबिता बाचन सहित राजधानीको बालाजुस्थित ग्रामीण आदर्श क्याम्पस नेपालटारमा सम्पन्न भएको हो ।


अतिथी कवि निखिल सहित स्रस्टाहरु डा.सत्यराज थपलिया, प्रकाश बस्नेत गफाडी, केशब पुडासैनी बिमल, मुक्तान थेवे, सरोनर, रसुवाली कवि, धरणिधर गुरागाइ, गिता पुडासैनी, राजेन्द्र घिमिरे, उत्तम बिचार लगायत झन्डै तीन दर्जन सर्जकहरुले रचना बाचन गरेका उक्त कार्यक्रममा अभियानका एक अभियन्ता माधब घिमिरेले उपस्थित सम्पुर्ण साहित्यानुरागिहरुको स्वागत गरेका थिए । 


कार्यक्रममा संस्थाको सल्लाहकार बरिष्ठ साहित्यकार श्रीहरि फुयालले आफ्नो कबिता सँगै अतिथी कविलाई मायाँको चिनो हस्तान्तरण गरेका थिए । 

अतिथी कवि निखिल लगायतका सर्जकका सिर्जनाले तताएको पुसको बिहानीको माहोललाई हास्य कलाकार तथा ´हिडे पुगिन्छ' का लेखक राजन सिंखडाको सिर्जनात्मक अभिब्यक्तिले थप रौनक थपेको थियो । प्रत्यक महिनाको दोस्रो शनिबार हुने उक्त कार्यक्रमको यो श्रृङखलाको सहजिकरण अभियानका अर्का अभियन्ता जीत अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि