२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

नमुनादीप युवा क्लबमा नयाँ नेतृत्व

१६ पुष २०७५, सोमबार ०४:०२

पौष १५, काठमाडौं । खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन बस्‍नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


नवनिवार्चित कार्यसमितिको उपाध्यक्षमा निरोज पौडेल, सचिवमा प्रज्वल पौडेल, सहसचिवमा डिल्लीबहादुर तामाङ र कोषाध्यक्षमा सुजन घिमिरे सर्वसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरूमा निरज पौडेल, सुदीप निरौला, युवराज सुनुवार, यशोधा पौडेल, शीला गौतम, सम्झना कार्की, आनन्द सुनुवार, र कुमार दर्जी रहेका छन् ।

नवनिर्वाचित क्लबका अध्यक्ष राजन बस्‍नेत (भान्जा) ले खेलकुद क्षेत्रको
विकासमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने– 'जिल्लामा
आफ्नो कार्यकालमा युवाहरुलाई समेट्दै जिल्लाकै नमुना क्लबको रुपमा विकास
गरी प्रभावकारी रुपमा काम गर्छु ।'


                                                           
उनले सरकारी तथा गैह्रसरकारी संघ/संस्थासँग समन्वय गर्दै अगाडि बढ्ने बताए । बस्‍नेतले जिल्लामा सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा क्लबले काम गर्ने उल्लेख गरे ।

उपाध्यक्ष निरोज पौडेलले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याउने बताए । उनले युवाको सीप क्षमतालाई अभिवृद्धि गर्न संस्थाले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने धारणा राखे ।

क्लबका सल्लाहकार निर्मल पौडेलले भलिबल खेलको क्षेत्रमा क्लवले गरेको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भई खेलकुद तथा सामाजिक विकासमा लाग्नुपर्ने धारणा राखे।


    
कार्यक्रम निवर्तमान अध्यक्ष विष्णु पौडेलको सभाअध्यक्षतामा भएको थियो । २०६५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नमुनादीप युवा क्लबको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौं र शाखा कार्यालय सैपु रामेछापमा रहेको छ। क्लबले राष्ट्रियस्तरका भलिबल प्रतियोगिता गर्नुका साथै सामाजिक क्षेत्रमा विविध काम गर्दै आएको क्लबका सचिव प्रज्वल पौडेलले जानकारी दिए । उनले भने -'क्लबले आगामी दिनमा सबैसँग समन्वय गर्दै रचनात्मक कामलाई पनि प्राथमिकता दिइन्छ।'

सार्क फण्डको लगानीमा निर्माण भएको नमुनादीप युवा क‍्लबको ४ कोठे पक्की भवनबाट अहिले वडा कार्यालयका कामसमेत संचालन हुँदै आएको छ ।

- तस्बिर : निरोज पौडेल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह