२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

२०७५, १६ पुष सोमबार ०६:१५

पुस १६, काठमाडौं | सोमबार अमेरिकी डलरसहित प्रायः सबै विदेशी मुद्राको भाउ स्थिर छ । कुवेती दिनारको भाउ थोरै बढेको छ भने कोरियन वनको भाउ केही पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार जस्तै सोमबार पनि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ । 

आइतबारजस्तै सोमबार पनि युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

कुवेती दिनारको भाउ चाहिँ केही पैसाले बढेको छ । आइतबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५४ पैसा रहेकोमा सोमबार खरिददर ३६७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

बहराइन दिनारको भाउ भने आइतबारजस्तै खरिददर २९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

कोरियन वनको भने केही पैसाले घटेको छ । आइतबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेकोमा सोमबार खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ