पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस १७, काठमाडौँ | सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ ।</p><p>भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।</p><p>संसद्को विकास तथा प्रविधि समितिमा सोमबार बोल्दै महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिकरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । </p>

