६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा

१७ पुष २०७५, मंगलवार १०:५०

 पुस १७, काठमान्डौ (रासस) |  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ । त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअनुसार विशेष जिम्मेवारी दिइएको छ । 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखामा नमूनाका रुपमा शुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो । ग्राहकलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा शुरु गरेको उहाँले बताउनुभयो । 

‘मेगा कस्टमर केयर अफिसर’ले ग्राहकलाई स्वागत गर्नुका साथै उहाँहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले ग्राहकलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का