२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतको विकट क्षेत्र प्राङ्गारिक कृषि गाउँ बन्दै

२०७५, १८ पुष बुधबार ११:१८

 लक्ष्मीप्रसाद सापकोटा | पुस १८, (रासस) | पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ । 

गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प्लाष्टिक टनेल छन् । हरेकका टनेलमा लटरम्म तरकारी उत्पादन भइरहेको छ । स्थानीय गुमाकुमारी शर्माले २२ वर्षअघि माइतबाट पेवाका रूपमा ल्याएको आलु रोपेर शुरु गरेको परीक्षण खेतीले अहिले गाउँवासी आत्मनिर्भर मात्रै भएका छैनन्, गाउँपालिकाकै ‘तरकारी गाउँ’ का नामले समेत चिनिएको छ । हरेक परिवारले वर्षेनि कम्तीमा दुई लाखको तरकारी बिक्री गर्दै आएका छन् । 

“म बिहे गरेर आउँदा गुन्द्रुक पकाएर छाक टारिन्थ्यो”, अगुवा किसान एवं महाशिला कृषि विकास उपभोक्ता समूहकी अध्यक्ष शर्माले भन्नुभयो, “बिहे गरेको अर्को साल माइतबाट तरकारी खान अलिकति आलु ल्याएकी थिएँ, थोरै बारीको डिलमा लगाएँ, राम्रै फल लागेपछि व्यावसायिक रुपमा शुरु गरियो, त्यसपछि अरु तरकारी रोप्न शुरु ग¥यौँ ।” उहाँले तरकारी लगाउन शुरु गरेपछि यो क्रम विस्तारै गाउँभरि फैलिएको हो ।

महाशिला गाउँपालिकामा खानेपानीको समेत अभाव छ । समुद्र सतहदेखि एक हजार ५५० मिटर उचाइमा रहेको काउले गाउँमा मात्रै पानीको राम्रो स्रोत छ । प्राविधिकका अनुसार उचाइका हिसाबले यो गाउँ व्यावसायिक तरकारी उत्पादनका लागि उपयुक्त मानिँदैन तर, उत्तरपूर्वी मोहडामा फैलिएको हुनाले बिहान सबेरदेखि साँझसम्म घाम राम्ररी पर्छ । व्यावसायिक तरकारी लगाउनेले हप्तैपिच्छे ठूलो परिमाणमा रासायनिक विषादी र मलको प्रयोग गर्छन् तर यहाँका किसानले भने न रासायनिक मल प्रयोग गर्छन् न विषादी नै । चिसोका कारण लाग्ने रोगबाहेक अरू परजीवीले हत्तपत्त आक्रमण नगर्ने कृषकको भनाइ छ । 

चिसोका कारण लाग्ने ढुसी र डढुवा रोक्न घरेलु प्रविधि अपनाउँछन् । दूधमा पानी घोलेर छर्किंदा गोलभेँडा र आलुमा लाग्ने ढुसी नष्ट हुने किसानले बताए । डढुवालगायतका रोग लागेमा भैँसीको पिसाब र साबुनमा पानी मिसाएर छर्किने गरेका छन् । 

“पहिले–पहिले खासै जानकारी भएन”, किसान चिन्तामणि पौडेलले भन्नुभयो, “पछिपछि प्राविधिकले सिकाएपछि घरेलु प्रविधिका उपचार गर्न थालेका हौँ ।” चार वर्षअघिसम्म घरेलु विषादीसमेत प्रयोग नगरेका यहाँका किसानले हिजोआज गाई–भैँसीको मूत्र, दूध र स्थानीयस्तरमा पाइने असुरो, तितेपाती, वनमारालगायतको उपयोग गरेर तरकारीमा लाग्ने रोग नियन्त्रणको विधि अपनाउने गरेका छन् । 

रासायनिक मल र विषादीरहित तरकारी उत्पादन भइरहेको यो गाउँलाई महाशिलाले प्राङ्गारिक कृषि पर्यटन गाउँका रूपमा विकास गर्ने तयारी गरेको छ । चालू वर्ष गाउँसभाले घोषणा गरेको एक घर एक टनेल कार्यक्रम पनि यही गाउँमा पालिका भरका किसान डाकेर शुरु गरिएको थियो । 

“तरकारी खेती सबैतिर हुन्छ”, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर–५ का अध्यक्ष जीवनविक्रम उचैठकुरीले भन्नुभयो, “यहाँजस्तो शुद्ध प्राङ्गारिक अन्त कतै छैन, सबैका लागि अध्ययन गर्न योग्य ठाउँ छ ।” गाउँपालिकाले प्राङ्गारिक कृषि गाउँ घोषणा गरेर पर्यटक भित्र्याउन गाउँमा घरबासको व्यवस्था गर्ने तयारी गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । 

गाउँमा मोटरबाटोको सुविधा पुगेपछि यहाँको तरकारी स्थानीय देउराली बजारबाहेक हुवास, वालिङ, स्याङ्जा र पोखरासम्म पुग्ने गरेको छ । “पहिला डोकोमा बोकेर बेच्नुपथ्र्यो, तरकारी नबिकेर मलखातमा पनि फाल्यौँ”, स्थानीय भीमकुमारी शर्माले भन्नुभयो, “अहिले धेरै सुविस्ता भएको छ । फलाउनसके ओसार्न दैलोमै जीप आउँछ ।” तीन वटा टनेल र छ रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत तरकारी लगाएकी उहाँले एकै मौसममा दुई लाखभन्दा धेरै आम्दानी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा