2026-09-20 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध

पुस १९, काठमाडौं | काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ। प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो। महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई वृद्धाश्रममा राखिनेछ। भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ।

काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताए। ‘सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको दैनिकजसो शव भेटियो। जाडोले उनीहरूको मृत्यु भएको देखियो । उनीहरूलाई वृद्धाश्रममा राख्न लागिएको हो,’ लामाले भने। 

उनका अनुसार भिखारीको हकमा भने कानुनअनुसार कारबाही चलाइनेछ। स्वदेशीलाई पक्राउ गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइने, अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने लामाले बताए। विदेशीलाई भने पक्राउ गरी सम्बन्धित मुलुकको बोर्डरमा लगेर छाडिने उनको भनाइ छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो