२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध

१९ पुष २०७५, बिहीबार ०१:५५

पुस १९, काठमाडौं | काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ। प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो। महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई वृद्धाश्रममा राखिनेछ। भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ।

काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताए। ‘सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको दैनिकजसो शव भेटियो। जाडोले उनीहरूको मृत्यु भएको देखियो । उनीहरूलाई वृद्धाश्रममा राख्न लागिएको हो,’ लामाले भने। 

उनका अनुसार भिखारीको हकमा भने कानुनअनुसार कारबाही चलाइनेछ। स्वदेशीलाई पक्राउ गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइने, अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने लामाले बताए। विदेशीलाई भने पक्राउ गरी सम्बन्धित मुलुकको बोर्डरमा लगेर छाडिने उनको भनाइ छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य