२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘६ करोड दिन्छौं, तपाइहरुलाई २५%, बाँकी हुण्डी गर्दिनुस्’ – INGO एजेन्ट

२०७५, १९ पुष बिहीबार ०४:२४

पुष १९, काठमाडौँ | '६ करोड दिन्छौं, तपाइहरुलाई २५% बाँकी हुण्डी गर्दिनुस्' यो संवाद कुनै एक INGO मा आवद्ध व्यक्तिले नेपालमै एक गैर सरकारी संस्थालाई राखेको प्रस्ताव हो । यो संवादले नेपालमा एनजीओ/आईएनजीओको अनुगमन नहुँदा देखिएको चरम बेथितिलाई स्पष्ट पार्छ । 

एक स्रोतले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो पटक केहि आईएनजिओले यसरीनै आफ्नो धन्दा चलाईरहेका छन् । विदेशबाट नेपालको सहयोगमा बिभिन्न नाममा आउने फन्डलाई एनजीओमा लगानी गरेको प्रक्रिया पुइर्याई ७५ प्रतिशतसम्म आफैले हुण्डी मार्फत फिर्ता लाने गरिएको भेटिएको छ । स्रोतले भन्छ 'म नाम चाही खुलाउन सक्दिन, हाम्रो सम्बन्ध बिग्रन्छ, उ मेरो साथि हो । उसले नेपालमा संचालित कुनै पनि संस्थालाई ५/६ करोड दिन तयार छ तर दिएको रकममा ७५% चाही उसैलाई पटक-पटक गरेर हुण्डी मार्फत पठाउनु पर्छ । छुट्टा-छुट्टै शिर्षकमा एउटा प्रपोजल हाल्नुपर्छ, उनीहरुको मौखिक सम्झौता मान्नुहुन्छ भने बजेट शतप्रतिशत पाइन्छ ।' 

स्रोतका अनुसार सम्झौता मान्ने गैरसरकारी संस्थाले कुनैपनि शिर्षकमा प्रस्ताव पेस गरेर मोटो रकम लिन सक्छ, जसमा २५% मात्र गैरसरकारी संस्थाले कार्यक्रम गरेको खर्च देखाएर बाँकी रकम उसैलाई फिर्ता गर्नुपर्छ । त्यसो भए उसको सर्त मान्ने एनजिओले कसरी काम गर्छ भन्ने हाम्रो प्रश्नमा स्रोत भन्छ -'एनजीओले काम गरेको जस्तो मात्र देखाउने हो, काम गरेको शिर्षक देखाउने कहिँ-कतै अलि-अलि गरेजस्तो पनि गर्दिने ! अलि बिल-भरपाई बनाउँदा समस्या पर्छ त्यो पनि पैसा दिएर बढाएर बनाउनु भनेपछि भईहाल्छ ।' 

पछिल्लो समय गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको बताउँदै गर्दा यस्तो खाले बेथितिनै मुख्य कारण हुनसक्ने देखिएको छ । सरकारी निकायबाट यस्ता विषयको अनुगमन हुन नसक्दा वा आफै आर्थिक प्रलोभनमा परेर विदेशबाट आएको पैसाको चर्को दुरुपयोग भएको छ । आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको देखिन्छ । तर २० अर्व रकमले एनजीओहरुले के-के काम गरे भन्ने कुरा गौण छ । 

समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४/७५ मा ७ सय २३ एनजीओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ