2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्कोहल कति हानिकारक ? जान्नुहोस्

तपाई अल्कोहल कत्तिको पिउनु हुन्छ ? अहिले प्राय मानिसमा अल्कोहलको लत बसेको हुन्छ । पार्टी होस् या फुर्सद, हर्ष होस् या बिस्मात् मानिसहरु अल्कोहल पिउने गर्छन । तर अत्याधिक अल्कोहल सेवन गर्नुहुन्छ भने एकचोटी अवस्य पढ्नुहोस् अल्कोहल कति हानिकारक छ भनेर । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । एउटा अध्ययनअनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ ।

– नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ । अनुसन्धानले रक्सी खाने मानिसमा मुख क्यान्सरको सम्भावना अत्यधिक हुने पत्ता लगाएको छ । त्यस्तै, अल्कोहलले पाचन प्रणाली र फोक्सो क्यान्सरको सम्भावना पनि अत्यधिक रूपमा बढाउँछ ।

– अत्यधिक अल्कोहल सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको पनि अनुसन्धानले देखाएको छ । 

– सामान्य मानिसभन्दा बढी अल्कोहल सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना पनि अत्यधिक हुने गरेको अनुसन्धानको निष्कर्ष छ । 

– अल्कोहलिकहरू मधुमेह, मुटुरोगलगायतका समस्याबाट पनि ग्रसित हुन्छन् । 

– अत्यधिक अल्कोहल पिउने व्यक्तिमा मानसिक समस्याको जोखिम पनि उत्तिकै हुने गर्छ । मानिसले तनाव कम गर्ने निहुँमा अल्कोहलको सहायता लिने गर्छन् । तर, समस्या के भने यसले मस्तिष्कलाई नै अत्यधिक असर पार्ने गर्छ । 

– केही मात्रामा अल्कोहलको सेवन गर्नु फाइदाजनक हुने धेरैमा भ्रम हुन्छ । तर, यसको स्वास्थ्यमा कुनै फाइदा छैन । बरु अल्कोहलकै कारण शरीर शिथिल हुने, निद्रा नपर्ने, मनमा बढी कुरा खेल्नेजस्ता समस्या हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई