२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभालाई सम्वोधन गर्दै

२०७५, २२ पुष आईतवार ०७:११

पुष २२, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार दिउसो १ बजे प्रतिनिधि सभालाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले विपक्षीले उठाएको प्रश्नको जवाफ दिने बताइएको छ। पछिल्लो समय सरकारका काम कारवाहीप्रति भएको गुसाना र टिप्पणीका विषयमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा समेट्ने बताइएको छ।

वाइडबडी विमान खरिदमा आर्थिक अनियमितता भएको भन्दै सरकारको आलोचना भइरहेको छ। लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै प्रतिवेदन समितिमा बुझाएको छ। उक्त प्रतिवेदनमा अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो ।

त्यस्तै, उक्त मन्त्रालयका तत्कालीन सचिवहरु प्रेम राई, शंकरप्रसाद अधिकारी, वहालवाला सचिव कृष्णप्रसाद देवकोटा तथा नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार लगायतलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ । सो सम्बन्धमा लेखा समितिले अन्तिम निर्णय गर्न भने बाँकी नै रहेको छ । 

वर्तमान सरकारले काम भन्दा बोलीलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले संसदमा सम्बोधनमार्फत सरकारको धारणा राख्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने