६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको दोस्रो दिन शेयर बजारमा सुधार

२३ पुष २०७५, सोमबार १०:०७

पुस २३, काठमाडौँ | दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड १९ लाख ८७ हजार ६१६ मा खरीद बिक्री भए । कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन १२ दशमलव ७६ तथा अन्य शून्य दशमलव शून्य चार बिन्दुले घटेको छ । 

यस्तै बैंकिङ ४ दशमलव ६४, होटल १७ दशमलव ६५, विकास बैंक ७ दशमलव ६४, जलविद्युत् ५ दशमलव ३७, वित्त १ दशमलव २, निर्जीवन बीमा ८२ दशमलव ८८, लघुवित्त ११ दशमलव ५३ र जीवन बीमा ९२ दशमलव ६९ बिन्दुले बढेको छ । हाथवे फाइनान्स कम्पनी, सिर्नजी पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस्तै किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, हिमालयन बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सिन्धु विकास बैंक र पोखरा फाइनान्स लिमिटेडका शेयरधनीले आज गुमाएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का