Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मालपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २४, काठमाडौँ |</b> १५ हजार दिनुस् । आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४:१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।&nbsp;<br></p><p>विहान १२ बजे। कार्यालयमा भिड थियो। सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए। व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे। एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए। उनी बेलाबेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे। खतिवडा भन्थे, ‘कति फिटको बाटो छ ? ’ ती व्यक्ति सुस्तरी कुरा गर्थे। एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालय भित्र छिरे। चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे ।</p><p>करिब २ घन्टापछि फेरि खतिवडा बाहिर आए । फेरि सुरु भयो दुईजनाको खासखुस। खतिवडाले भने, ‘बाटो काटेर मिलाउदा १२ सम्म त हुन्छ होला।’ ती व्यक्तिले अनविज्ञता जनाए। अन्तमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए ।</p>