२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्नेः उपाध्यक्ष कुँवर

२४ पुष २०७५, मंगलवार १६:११

कमल रावल | पुस २४, अछाम | नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ । शिक्षक महासंघ शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर लागिरहेको भन्दै राज्यले विभिन्न थरीका शिक्षकलाई समानता प्रदान गरी विभेदको अन्त्य गर्नुपर्ने र अनि मात्रै शैक्षिक गुणस्तरमा थप सुधार हुने बताउनु भएको हो ।

रेडियो रामारोशनसंगको कुराकानीमा केन्द्रीय उपाध्यक्ष कुँवरले शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाई निरन्तर शिक्षक भर्ना, हाल विद्यमान १७ थरीका शिक्षकको समायोजन, बाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीको उचित व्यवस्था, भौतिक पूर्वाधारको विकास, आधुनिक शिक्षण पद्धति लगायतका कार्यले गुणस्तर अझैँ बृद्धि हुने बताउनुभयो ।

अंग्रेजी बोल्न जान्नेलाई मात्रै गुणस्तर भन्ने भ्रम रहेको भन्दै उहाँले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी नै अहिले राज्यका हरेक निकायमा रहेको भन्दै राज्यले तय गरेका शिक्षाका उद्देश्य सामुदायिक विद्यालयमा अध्ययन गरेका व्यक्तिबाट कार्यान्वयन भएको समेत दाबी गर्नुभयो ।

शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष कुँवरले देश संघीयतामा गएको र केही स्थानीय तहले शिक्षकको आत्मसम्मानमा चोट पुग्ने गरी काम गरेको भन्दै यसप्रति आपत्ति जनाउनु भयो । जनप्रतिनिधि आफैले अनुगमनका नाममा शिक्षकको हाँजिरीमा रातो लगाउने, तलब कट्टा गर्ने, अनावश्यक तनाव दिने लगायतका कार्य ऐन विपरित भएको भन्दै उनीहरुले प्रक्रियाको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षकले अनियमितता गरेमा प्रधानाध्यापकले सचेत गराई कारबाही गर्नुपर्नेमा जनप्रतिनिधि आफैले त्यसो गर्नु अराजकता भएको उहाँको आरोप छ ।

शिक्षा देशको मेरुदण्ड भएको भन्दै शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय तहले समेत करिब २० प्रतिशत रकम शिक्षामा लगानी गर्नुपर्ने केन्द्रीय उपाध्यक्ष कुँवरको भनाई छ । शिक्षकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्ने कुँवरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली