2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्नेः उपाध्यक्ष कुँवर

कमल रावल | पुस २४, अछाम | नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ । शिक्षक महासंघ शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर लागिरहेको भन्दै राज्यले विभिन्न थरीका शिक्षकलाई समानता प्रदान गरी विभेदको अन्त्य गर्नुपर्ने र अनि मात्रै शैक्षिक गुणस्तरमा थप सुधार हुने बताउनु भएको हो ।

रेडियो रामारोशनसंगको कुराकानीमा केन्द्रीय उपाध्यक्ष कुँवरले शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाई निरन्तर शिक्षक भर्ना, हाल विद्यमान १७ थरीका शिक्षकको समायोजन, बाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीको उचित व्यवस्था, भौतिक पूर्वाधारको विकास, आधुनिक शिक्षण पद्धति लगायतका कार्यले गुणस्तर अझैँ बृद्धि हुने बताउनुभयो ।

अंग्रेजी बोल्न जान्नेलाई मात्रै गुणस्तर भन्ने भ्रम रहेको भन्दै उहाँले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी नै अहिले राज्यका हरेक निकायमा रहेको भन्दै राज्यले तय गरेका शिक्षाका उद्देश्य सामुदायिक विद्यालयमा अध्ययन गरेका व्यक्तिबाट कार्यान्वयन भएको समेत दाबी गर्नुभयो ।

शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष कुँवरले देश संघीयतामा गएको र केही स्थानीय तहले शिक्षकको आत्मसम्मानमा चोट पुग्ने गरी काम गरेको भन्दै यसप्रति आपत्ति जनाउनु भयो । जनप्रतिनिधि आफैले अनुगमनका नाममा शिक्षकको हाँजिरीमा रातो लगाउने, तलब कट्टा गर्ने, अनावश्यक तनाव दिने लगायतका कार्य ऐन विपरित भएको भन्दै उनीहरुले प्रक्रियाको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षकले अनियमितता गरेमा प्रधानाध्यापकले सचेत गराई कारबाही गर्नुपर्नेमा जनप्रतिनिधि आफैले त्यसो गर्नु अराजकता भएको उहाँको आरोप छ ।

शिक्षा देशको मेरुदण्ड भएको भन्दै शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय तहले समेत करिब २० प्रतिशत रकम शिक्षामा लगानी गर्नुपर्ने केन्द्रीय उपाध्यक्ष कुँवरको भनाई छ । शिक्षकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्ने कुँवरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई