Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेविसंघ विघटनको संघारमाः आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २८, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।</p><p>संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।</p><p>राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजीनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।</p>