२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिल्यै मिलेनन् कांग्रेस नेता पौडेल र जोशी

२८ पुष २०७५, शनिबार ०३:२९

पुस २८, तनहुँ | गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे । 

निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 


पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका जोशी र उनका प्रस्तावक र समर्थकसमेतलाई पार्टीले कारबाही गरेपछि पौडेल–जोशी विवादको चर्चा झनै चुलिएको छ। कांग्रेस तनहुँले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै जोशी र उनका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि निर्वाचनअगावै सिफारिस गरेको थियो ।

पौडेल र जोशी कहिल्यै मिलेनन् 

कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्वसहमहामन्त्री जोशीबीच कांग्रेसको इतिहासमै सुमधुर सम्बन्ध रहेनन् । उनीहरू प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ । 

कांग्रेसका क्षेत्रीय प्रतिनिधि रामप्रसाद मिश्र भन्छन्, ‘पौडेल र जोशी २०५१ सालको निर्वाचनमा सँगसँगै भोट मागेको देखेको बाहेक सम्बन्धमा सुधार आएन।’ त्यो बेला जोशी तनहुँ–१ मा उम्मेदवार हुँदा पौडेल जोशीकै लागि भोट माग्दै पोखरीछापमा हिँडेको भेटेको उनले सम्झिए ।

‘उहाँहरू निकै कम मात्रामा एउटै मञ्चमा बसेको देखेको छु,’ उनले भने ।

त्यस्तै २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समेत भानुको टुहुरेपसलमा नेता पौडेल र जोशी एउटै मञ्चमा बसेर कांग्रेसबाट भानु नगरपालिकाका मेयरका प्रत्यासी उदयराज गौलीलाई जिताउन भोट मागेका थिए । 

त्यसबाहेक निकै कम कार्यक्रममा मात्रै यी दुई नेता सँगसँगै सहभागी भएको कांग्रेसका कार्यकताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली