३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ परिस्थितिमा भुलेर पनि सेक्स नगर्नुहोस्

२८ पुष २०७५, शनिबार ०६:०७

सामान्यतया यौनले दुई व्यक्तिलाई निक्कै नजिक ल्याउछ भन्ने मानिन्छ । सेक्सलाई लिएर मानिसमा फरक–फरक अवधारणा छन्, जस्तै कोही व्यक्ति जब दुखी वा खुशी हुन्छन् तब सेक्स गर्छन्, वा कहिलेकाही परिस्थितिका कारण पनि यौन सम्पर्क हुन्छ । तर, केही यस्ता परिस्थितिमा तपाईले सेक्स गर्नुबाट बच्नु पर्छ ।  

१. यौनलाई साधन बनाउनु:- यौनलाई प्रेम व्यक्त गर्ने साधनको रुपमा प्रयोग नगर्नुहोस् । यद्यपी, एकअर्कालाई प्रेम देखाउने माध्यम बनाउन सकिन्छ । यौन सम्पर्कका दौरान तपाईलाई राम्रो लाग्न सक्छ, तर पछि पछुताउनु पर्छ ।  

२. ब्रेकअपको पिडा भुलाउन:- यदी तपाईको भर्खरै ब्रेकअप भएको छ र तपाई यस पिडाबाट निस्कन चाहानुहुन्छ वा तपाईवीच सम्बन्ध राम्रो चलिरहेको छैन भने यस्तो स्थितिमा सेक्सलाई आफ्नो हतियार नबनाउनुहोस् । ब्रेकअपको पिडाबाट निक्लिन तपाई जे पनि गर्न तयार हुनुहोला, त्यो शारीरिक सम्बन्ध नै किन नहोस् । तपाईलाई केही क्षणलाई राम्रो महशुस हुनसक्छ, तर पछि गएर पछुताउनुहुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्नाले तेस्रो व्यक्तिको भावना पनि चोट पुग्छ ।  

३. रिस उठेको बेला:- रिस उठेको बेला सेक्स गर्दा तपाईको पार्टनरलाई नोक्सान पुर्याउन सक्छ । जुन क्षण सुखद् हुनुपर्ने हो त्यसले दुखी बनाउन सक्छ ।  

४. साथीको दबाबमा आएर:- धेरैजसो युवा अवस्थामा साथीबाट प्रभावित भएर त्यो काम गर्छन्, जुन गर्न हुँदैन, जस्तै सेक्स । साथीहरुको दबाबमा आएर वा आफूलाई लायक देखाउन युवाहरु चिन्दै नचिनेको व्यक्तिसँग यौन सम्बन्ध बनाउन पुग्छन्, जोसँग वास्तवमा सेक्स गर्न चाहदैनन् । पहिलो पटक यौन सम्बन्ध बनाउनअघि अवश्य सोच्नुहोस्, तर साथीभाईको दबाबमा आएर कहिल्यै सेक्स नगर्नुहोस् । 

५. कसैलाई खुशी पार्न:- हामी जुन व्यक्तिलाई प्रेम गर्छौ र उसको ख्याल राख्छौ, उसका लागि हामी जे पनि गर्न तयार हुन्छौ, चाहे त्यो ‘सेक्स’ नै किन नहोस् । कसैले मनुन् वा नमानुन्, मन नहुदा नहुँदै पनि आफ्नो पार्टनरको खुशीका लागि सेक्स गर्न तयार हुन्छौ । यस्तो कदापि गर्नु हुँदैन, किनकी यसले यौन जीवन र प्रेम सम्बन्ध दुवैमा कमी ल्याउछ |  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड