कुनै समय यस्तो पनि लाग्थ्यो म नै तपाईको सबैभन्दा ठूलो प्रशंसक हुँ, जतिवेला मैले आफुलाई त्यस्तो सम्झन्थे, मेरो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुनै समय यस्तो पनि लाग्थ्यो म नै तपाईको सबैभन्दा ठूलो प्रशंसक हुँ, जतिवेला मैले आफुलाई त्यस्तो सम्झन्थे, मेरो "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माफ गर्नु प्रचण्ड ! तपाईको प्रशंसक वनिरहन सकिएन…

२०७५, २९ पुष आईतवार ०३:१७

डायमण्ड म्याग्देली | 

कुनै समय यस्तो पनि लाग्थ्यो म नै तपाईको सबैभन्दा ठूलो प्रशंसक हुँ, जतिवेला मैले आफुलाई त्यस्तो सम्झन्थे, मेरो छाती गर्वले चौडा हुन्थ्यो । राष्ट्रिय/अन्तराष्ट्रिय प्रतिकुलता र भ्रमहरुलाई छिचोल्दै अत्यन्त सुझ-वुझपुर्ण र साहसिक निर्णय गर्दै २०५२ साल फाल्गुन १ गतेदेखी तपाईको नेतृत्वमा  ऐतिहासिक जनयुद्दको सुरुवात भयो । त्यसको सुरुवातसंगै क्रमिक विकाश र एकपछी अर्को राजनितिक एवं फौजी सफलताले  देश/विदेश सवैतिर तिव्र चर्चा/परिचर्चा हुन थाल्यो । यसो हुदैं गर्दा तपाईको कुशल, चामत्कारिक र गतिशिल नेतृत्व सामु शक्तिशाली दुश्मन समेत दिन-प्रतिदिन हायल-कायल वन्दै थियो । यस्तो अवस्थामा तपाईप्रतिको विश्वास, क्रेज,जस्तोसुकै जोखिम मोल्न सक्ने खुवि, राजनितिक गतिशिलता र तपाईले दुनिया वदल्न देखाएका सुन्दर सपना सामु  देशमा आमुल परिवर्तनको चाहना राख्ने जो कोहि प्रभावित हुन नसक्ने प्रश्नै थिएन । सवैखाले शोषण र उत्पिडनको अन्त्य संगै भेदभावविहिन समतामुलक सुन्दर समाज र वर्गविहिन राज्यसत्ता निर्माणको परिकल्पना गर्दै क्रान्तिको रक्तिम यात्रामा लामवद्द हुन आतुर हजारौं युवाहरु मध्ये १५ वर्षको कलिलो उमेरमा पढ्दै गरेको किताव खातमुनि मिल्काएर त्यहि स्कुले झोलामा २ जोडा पुराना कपडा प्याक गरेर तपाईले देखाएको सुन्दर सपनाको यात्रा तय गर्ने एक यात्री म पनि थिएँ । भर्खर वढ्दै-पढ्दै गरेको कलिलो उमेर अपरिपक्व  सोचं त्यसैले आफ्नै सपना वुन्ने हैसियत त वनिसकेको थिएन । तथापी आफ्नो सन्तानको लागी वुवा/आमाको केहि न केहि सपना पक्कै थिए  होलान तर तपाईले देखाएको दुनिया वदल्ने र सुन्दर समाज स्थापना गर्ने रंगिन सपनाको अगाडी वावा/आमाका  सानो सपना निरिह र फिक्का वन्नु स्वभाविक थियो । त्यसैले त वुवा-आमाको स्नेही आग्रहलाई वेवास्ता गर्दै  संसार वदल्ने सुन्दर सपनाको महान यात्रा तय गर्ने निर्णय गरियो ।

राज्यको चर्को दमन, दुश्मनको सक्रियता, अनि क्रान्ति आफैमा राज्यसत्ता विरुद्दको जोखिमपुर्ण कदम भएकोले कठिनाई र चुनौतिहरु तमाम थिए तथापी युवा जोस, दुनिया वदल्ने मिठो सपना, समय समयमा दुश्मनका विरुद्द र क्रान्तिकारी का पक्षमा सार्वजनिक हुने तपाईका आक्रामक वक्तव्य, सर्कुलर, लेख-रचना र कोटेसनहरुले सारा कठिनाई र चुनौतिहरुलाई धेरै टाढा धकेलिदिन्थ्यो । नयाँ उत्साह, उर्जा र गतिशिलता वढ्थ्यो । क्रान्तिप्रति अझै प्रतिवद्द र जुझारु हुन प्रेरित गर्थ्यो । त्यतिवेलासम्म कहिल्यै कल्पना गरिएन कि क्रान्तिको त्यो महान यात्रा कहांसम्म पुग्छ भनेर…।

न त कुनै निजि स्वार्थ थियो, न कुनै व्यक्तिगत उदेश्य र सपनानै । उदेश्य थियो त केवल जनताको जनवादी सत्ता निर्माण गर्ने, तर समयको चक्र संधै एकैनास कहाँ चल्दो रहेछ ? परिस्थितिको प्रभाव भनौ या नियति २०६१ मा वावुराम भट्टराईसंग अन्तरविरोध चुलिनु, लगत्तै छिमेकी देशको झण्डै ८ वर्ष लामो सेल्टर असुरक्षित हुनु, त्यहि कारण नेपालमै केन्द्रिय आधार ईलाकामा सेल्टर सिफ्ट हुनु  तर दुश्मनले तिव्र स्थल अप्रेशन, हवाई गस्ती र हेलिकप्टरबाट नजिक-नजिक वमवार्ड गर्न थालेपछी तपाईभित्र आत्म-सुरक्षावादी चिन्तनले डेरा जमाएको, वैचारिक राजनितिक विचलनको वाटोतिर मोडिन थालेको कुरा पछिल्ला घटनाक्रमले पुष्टी गर्दै गयो । यद्यपि जनयुद्द आफ्नो लयमा अगाडी वढिरहेकै थियो त्यहि विचमा २०६२ मा तत्कालिन संसदवादी सात राजनितिक दलसंग भएको १२ बुदें दिल्ली सम्झौता, २०६२/२०६३को  जनआन्दोलन, त्यसपछी गिरिजा प्रसाद कोईरालाको नेतृत्त्वमा गठित तत्कालिन संसदवादी सात राजनितिक दलको सरकारसंग विस्तृत शान्ति सम्झौताको नाममा जसरी जनयुद्दको अन्त्य भएको घोषणा संगै जनयुद्दवाट प्राप्त जनसत्ता, जनअदालत, जनमुक्ति सेना लगाएतका सम्पुर्ण उपलव्धीलाई केवल सत्ता, शक्ति, निजि स्वार्थ र कुर्चिको लागी लिलाम गरियो तत्पश्चात क्रान्तिको उल्टो यात्रा सुरु भयो । तपाईको नियतमा शंका गर्ने, क्रान्तिकारी छविमा खोट देख्ने कुरा स्वभाविक वन्न पुग्यो । जनयुद्दको उदेश्य माथी घात हुदैंछ । सपनाहरुको निर्ममतापुर्वक हत्या हुदैंछ भन्ने वदलिएको गतिविधि, घटनाक्रम र परिणामहरुले पुष्टी गर्दै थियो । तथापि तपाईको मुखारविन्दवाट क्रान्ति भन्ने शव्दको उच्चारण, क्रान्तिलाई पुर्ण वनाउनकै लागी यो नयाँ प्रयोग गरिदैछ भन्ने सन्देश सम्प्रेषण भईरहन्थ्यो तर परिणामले त्यो दावीलाई पुष्टी गर्न सक्ने आधार थिएन । यद्यपी तपाई सवै विकल्पहरुको प्रयोग गर्दै जोखिम मोलेर फेरी नयां कदम चाल्न माहिर नेता हो भन्ने छाप मानसपटलमा वसिसकेको थियो । त्यसैले सुध्रने र क्रान्तिकै वाटोमा फर्कने झिनो आशा जिवित थियो । तर  ओरालो यात्रा रोकिएन, पहिलो सविंधान सभाको विघटन, जनसेना प्रमाणिकरणको नाममा ४ हजार वढी योद्दाहरुको अयोग्य भनि अपमान, समायोजन र स्वेच्छिक अवकासको नाममा जनमुक्ति सेनाको पुर्णत विघटन, शहिदका रगतसंग साटिएका हतियार राज्यलाई हस्तान्तरण, दोश्रो सविंधान सभाको निर्वाचन पश्चात गठन भएको सविंधान सभाबाट जनयुद्दको "ज" सम्म पनि उल्लेख नगरी प्रतिगामी, जनविरोधी संविधान निर्माण, हुदै अहिले जनयुद्दको सारा उपलव्धी, आदर्श, मुल्य-मान्यतालाई रद्धिको टोकरिमा मिल्काएर आफ्नो निजि जिवनको रक्षा र राजनितिक संरक्षणको लागी नव एमाले वन्न पुगेको एक खल-पात्रको सारथी वन्न कहाँ सकिन्थ्यो र. ? 

हुनत आज म र म जस्तै अन्य योद्दाहरु प्रशंसक नहुदैमा तपाईको लागी के नै फरक पर्छ र ? शान्तिप्रक्रियामा आईसकेपछी दिन दु-गुणा रात चौ-गुणाका दरले तपाईका प्रशंसक वढिरहेका छन् जस्ले जनयुद्दमा योद्दाहरुलाई एकछाक भात खुवाउनु परेन । एकदिन पनि झोला वोकेर हिड्नु परेन । कुनै भुमिका खेल्नु परेन । कुनै प्रकारको सहयोग र योगदान दिनुपरेन, तिनिहरु नै अहिले अग्र पंक्तिमा प्रशंसक छन् । जस्ले आज तपाईका काला कर्तुतहरुको ढाकछोप गर्ने र त्यस्को वदलामा आफ्नो  स्वार्थको थैली भर्ने, दुनो सोझ्याउने व्यवसाय चलाईरहेका छन् । तिनिहरु नै अव तपाईका लागी प्रिय र योग्य छन् । तर आफू त्यस्तो कुपात्र वन्न कहिल्यै सकिएन त्यसैले "सिधा कुरा प्रष्ट विचार" हिजो क्रान्ति गर्दा साथ र आज गद्दारी गर्दा धारे हात नै हो अरु जानिदैन, हिजो वर्ग संघर्षको सुरुवात गरेर आज वर्गसमन्वय गर्ने, क्रान्तिकारीहरुलाई वाईपास गरेर संशोधनवादीहरुसंग घांटी जोड्ने, दलाल पुंजिवादी संसदिय व्यवस्था अन्त्य गर्ने प्रण गरेर आज त्यहि व्यवस्थामा डुवुल्की मार्न पुग्ने, सर्वहारा वर्गको मुक्तिको लागी लड्ने उद्घोष गर्ने तर आफै कुलिन नवधनाढ्य वर्गमा रुपान्तरन हुने, निजि सम्पत्ति, निजि पारिवारिक जिवनको अन्त्य र सामुहिक जिवनको सपना देखाउने तर आफै चरम नातावाद, परिवारवादमा फस्ने, अथाह सम्पत्ति र सुविधा सहित अति विलासिपुर्ण  निजि  जिवनमा फर्कने ? यति सजिव चित्र आँखा अगाडी घुमिरहदा अझै प्रंशसक वनेर जनयुद्द र सहिदको अपमान गर्ने कुरा सोच्नसम्म पनि असम्भव थियो ।

आज क्रान्तिको प्रक्रियावाट तपाई विचलित भएपनि जनयुद्दको उदेश्य, शहिद, वेपत्ता, घाईते, अपांग र जनयुद्दमा सहभागी हजारौ कार्यकर्ता र जनताका सपनाका प्रश्नहरु तपाई प्रति तेर्सिईरहने छ । तपाई विलासीपुर्ण निजि जिवनमा रमाईरहदा जनयुद्दको वेला आफुले आधा पेट खाएर तपाई-हाम्रो भोक, प्यास मेटाउने गरिव जनता, दुई मुठी च्युरा/सातु र एक टुम्लेट पानीको भरमा कैयौ रात लडाई लडेका साहसिक योद्दा र तिनको परिवारलाई आज पनि २ छाक जुटाउन, एकसरो लगाउन र विरामी पर्दा सामान्य उपचार गर्न उस्तै कठिन छ । जनयुद्दका घाईतेहरुको उपचार अभावमा कतिको देहान्त भैसक्यो, कति अझै शरिर भरी वमका छर्रा र गोली वोकेर छट्पटिदै मृत्युसंग कठिन संघर्ष गरिरहेका छन् । शहिद परिवार र गरिव जनताको अवस्था नाजुक छ । जनयुद्द के थियो भनेर नचिन्ने, कुनै साईनो सम्वन्ध नभएका अवसरवादीहरु आज तपाईको वरिपरी झुम्मिएर जनयुद्दको नाममा नाजायज लाभ लिईरहदां युद्दकै क्रममा शहिद वनेका डिभिजन कमाण्डर क.सुनिलका छोरा लगायत हजारौ सहिदका सन्तति, युद्दमा योगदान गर्ने योद्दाहरु आज जिवन गुजाराको लागी मरुभुमिको ५५ डिग्री तापक्रममा वालुवा चाल्न विवश छन् । यस्तो दृश्य देख्दा-देख्दै कुन क्रान्तिकारी योद्दाको मनले मान्छ होला, लाल-गद्दारको सारथि वन्न र साक्षी वस्न !!!

अन्तमा, जनयुद्दको उदेश्य, मुल्य-मान्यता, हजारौ शहिद, वेपत्ता, घाईते अपांग, लाखौ कार्यकर्ता र आम जनताको सपनामाथी घात गर्ने लाल-गद्दारहरुवाट उचित मुल्य चुक्ता हुने नै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री