२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगार संयोजक जागिरको लागि आवेदन कसरी दिने ? हेर्नुहोस् तरिका सहित

२०७५, ४ माघ शुक्रबार १०:०७

माघ ४, काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आजबाट आवेदन खुलाएको छ । ७५३ स्थानीय तह अन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको करारमा खुला प्रतिस्पर्धाद्वारा कर्मचारी नियुक्त गर्न शुक्रबारदेखि आवेदन माग गरिएको हो ।

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह) र १० हजारभन्दा बढी जनसंख्या भएका ७०५ स्थानीय तहमा शाखा अधिकृत सरहको कर्मचारी खटाउँदै छ ।  योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले माघ १८ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईट www.pmep.gov.np  मार्फत अनलाईन दरखास्त पेश गर्न सकिनेछ।

आवेदन दिन योग्यता कति चाहिन्छ ?

(क) राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह र राजपत्र अनंकित प्रथम श्रेणी, (नायब सुब्बा सरह) को रोजगार संयोजकका लागि कम्तीमा प्रवीणता प्रमाण पत्रतहवा सो सरह उतीर्ण गरेको,

(ख) दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,

(ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको,

(घ) कम्प्युटर सम्बन्धी देहाय बमोजिमको ज्ञान र सीप भएको,

१. देवनागरी र अंग्रेजीमा दक्षतापूर्वक टाइपिङ्ग गर्न सक्ने ।

२. Computer, Printer, Scanner, Multimedia लगायत उपकरणहरुको प्रयोग गर्न सक्ने सीप भएको ।

३. Computer, Printer, Scanner, Multimedia आदि) को प्रयोग गर्न सक्ने क्षमता भएको।

४. इमेल इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको ।

५. व्यवस्थापन सूचना प्रणाली (MIS) सम्बन्धी आधारभूत ज्ञान भएको ।

अनलाईन दरखास्त साथ अपलोड गर्नु पर्ने कागजातहरुः 

(१) नागरिकता प्रमाणपत्र (दुबैपट्टि देखिने)

(२) पासपोर्ट साइजको फोटो (हालसालै खिचेको) 

(३) न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्र

(४) न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको लब्धांकपत्र (उपलव्ध भएमा) 

(५) कम्तीमा दुई वर्ष काम गरेको अनुभवको प्रमाणपत्र (उपलव्ध भएमा) । 

छनौट कसरी हुन्छ ?

योग्यता पुगेकाहरुले अनलाईन फारम भर्नुपर्छ । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली (MIS) भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणाली बारेको शिक्षालाई अनिवार्य गरेको छ। 

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ । 

पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिनेछ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइनेछ । 

कम्युटर ज्ञानको नतिजा पनि परीक्षा सकिएसंगै सफ्टवेयर मार्फत नै तत्काल प्राप्त गर्न सकिनेछ। प्रारम्भिक योग्यताक्रमको सूचीमा परेका सबै उम्मेदवारको कम्प्यूटर सीप परीक्षामा प्राप्त गरेको अंकका आधारमा अन्तिम योग्यताक्रमको सूची कायम गरी प्रकाशन गरिनेछ र सोही सूचीबाट रिक्त पदमा आवश्यक संख्याका उम्मेदवारहरुलाई योग्यताक्रमका आधारमा क्रमशः खटाइनेछ । मन्त्रालयले फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने जनाएको छ ।

रोजगार संयोजकले गर्नुपर्ने कामहरु 

१. छनौट भएका रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्नुपर्छ  

२. सूचीकृत बेरोजगार व्याक्तिलाई परिचयपत्र वितरण गर्ने 

३. स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरूको पहिचान् गरी सोको सूचना प्रवाह गर्ने 

४. स्थानीय टहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने 

५. रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने 

६. रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने 

७. बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने 

८. आफ्ना कामकारवाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा प्रतिवेदन पेश गर्ने 

९. ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारवाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धि विषय हेर्ने मन्त्रालयमा  मासिक रूपमा प्रतिवेदन पठाउने 

१०. आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने 

११. वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता विवरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने 

१२. बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने 

१३. रोजगारसम्बन्धि सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने

सेवा र सुविधा कति हुन्छ ?

रोजगार संयोजकको छनौट प्रकृया, तलव भत्ता तथा अन्यसेवा र सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकार (मन्त्रीपरिषद) बाट स्वीकृत रोजगार संयोजकको पदपूर्ति सम्बन्धी मापदण्ड, २०७५ बमोजिम हुनेछ । रोजगार संयोजकले निजामती सेवाको सोही सरहको पदले पाउने सुरु तलव स्केल बराबरको तलब, स्थानीय भत्ता र चाडपर्व खर्च पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह