पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ ७, काठमाडौँ – सरकारल राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।</p><p>‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु योजनाअन्तर्गत राष्ट्रपतिको लागि कार्यालय र आवासका लागि सबै खाले सुविधा भएको भवन बन्नेछ,’ प्रधानमन्त्री कार्यालयले प्रहरी प्रतिष्ठान र राष्ट्रपति कार्यालयलाई बोधार्थ पठाएको पत्रमा भनिएको छ ।</p><p>राष्ट्रपति परिसरमा प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा गाभिनेछ । यसअघि नै प्रतिष्ठानको ४१ रोपनी जग्गा राष्ट्रपति भवनअन्तर्गत ल्याइसकेको थियो । अब उक्त कम्पाउन्ड साढे तीन सय रोपनीभन्दा बढीको हुनेछ ।</p>

