2026-08-25 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा मुख्यमन्त्री सामु चिया किसान र उद्यमीको गुनासो

गंगा पराजुली | माघ ७, पशुपतिनगर | नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । 

सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् ।  

भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणीकरण नगरिएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईंले बताउनुभयो । अन्तरराष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च भए पनि जैविक चिया उत्पादन नभएका कारण समस्या भएको उहाँको भनाइ थियो । 

चियामा विषादीको प्रयोग अन्त्य गर्न र जैविक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको माग थियो। चियाखेती शुरुआत भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा बिक्री गरिँदै आएको छ । नेपालमा चियाखेती र उत्पादन भए पनि लोगो नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुनेबारे तेस्रो मुलुकका व्यपारीलाई थाहा नै नभएकाले आधिकारिक प्रतीक चिह्न लागू हुनुपर्ने व्यावसायीले माग गरेका थिए । 

सूर्योदय टि एशोसिएशनका अध्यक्ष पुनम राईले नेपाली चिया भारतीय बजारमा लगेर बिक्री गर्नपर्ने बाध्यता रहे पनि सहज निर्यातमा समस्या रहेको बताउनुभयो । “तेस्रो मुलुकमा नेपाली चिया निर्यात गर्न जैविकताको प्रमाणीकरण नहुँदा भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ ”, अध्यक्ष राई भन्नुभयो, “चिया निर्यातका लागि काँकरभिट्टाको नाकामा भारतीय भन्सारबाट अनेक झन्झट व्यहोर्नुपरेको छ ।” 

चार दिनमा कोलकत्ताको बजारमा पुग्नेमा अहिले १५ दिनसम्म लाग्ने गरेकाले नेपाली चियाले राम्रो बजार पाउन नसकेको उहाँले बताउनुभयो । उद्योग स्थापना हुने क्रम बढे पनि कच्चा पदार्थ उत्पादन कम भएकाले चियाको नयाँ बगान विस्तारका लागि सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने उक्त एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । 

विसं २०७० पछि चियाखेती विस्तारभन्दा पनि उद्योग खुल्ने क्रम बढेको र सरकार तथा गैरसरकारी संस्थाले उद्योग स्थापना र उपकरणमा मात्रै अनुदान दिएकाले अब किसानलाई जैविक उत्पादन तथा विस्तारका लागि पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेपालको सिटिसि (प्रशोधित) चियाको आन्तरिक खपत ८० प्रतिशत भए पनि अर्थोडक्स चियाको खपत ११ प्रतिशत मात्रै भएकाले आन्तरिक बजार विस्तार र प्रचारमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्योगी सोनाम लामाले बताउनुभयो । नेपाली चिया देशभित्रै खपत कम हुँदा ९० प्रतिशत भारतको कलकत्ताको बजारमा भर पर्नुपर्ने बाध्यता भएकाले अर्थोडक्स चियाको आन्तरिक बजार विस्तारका लागि प्रदेश सरकारले प्रचारप्रसार र बजार खोज्न पहल गर्नुपर्ने लामाको भनाइ थियो । 

अर्थोडक्स(प्रशोधन नभएको) चिया युरोपका बजारमा बिक्री गर्दै आउनुभएका उद्यमी उदय चापागाईंले चियाको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि जैविक हो भन्ने प्रमाणित नगरिँदा समस्या भएको बताउनुभयो । प्रमाणिकरण भएको चिया जति पनि युरोपमा बिक्री हुन्छ र माग पनि बढी छ तर नेपाली चिया सबै जैविक हो भन्ने प्रमाणीकरण नभएकाले विषादीको अझै प्रयोग गर्ने चलन छ, चापागाईंले भन्नुभयो, “चिया क्षेत्रमा उद्योग र उपकरणमा लगानी बढ्दै गए पनि किसानका लागि कुनै कार्यक्रम नभएकाले चियालाई जैविक बनाउन प्रदेश सरकारले कार्याक्रम ल्याउनुपर्छ ।” 

चिया उद्यमी तथा इलाम क्षेत्र नं१ का प्रदेश सांसद काजिमान कागतेले चियाको गुणस्तर सुधार र नयाँ बगान विस्तारमा सहयोग गर्न माग गर्नुभयो । 

“चियाको टिपाइदेखि, प्रशोधनसम्मको गुणस्तर सुधार गरिएकाले राम्रो मूल्यमा चिया बिक्दै आएको छ,” उहाँले भन्नुभयो, “उद्योग खोल्ने अभियानले गर्दा अहिले उद्योगको क्षमताभन्दा कम कच्चापदार्थ उत्पादन भएकाले नयाँ बगान विस्तारका लागि सरकारले प्रतिरोपनि तथा प्रतिहेक्टरका आधारमा सहुलियतदरमा ऋण प्रदान गर्नुपर्छ ।” 

मुख्यमन्त्री राईले नेपाली चियाको इतिहास डेढसय वर्ष नाघे पनि लोगो बन्न नसकेको दुःख व्यक्त गर्दै चियाको समस्या समाधान गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताउनुभयो । 

किसानका समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडोभन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरी त्यस केन्द्रबाट सबै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

चियाको प्रवद्र्धनका लागि छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको र कृषिमा औद्योगिकरण गर्न चाँडै वृहत योजना कार्यान्वयमा ल्याइने पनि मुख्यमन्त्री राईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन