२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीलाई घुस दिने २६ जना पक्राउ

८ माघ २०७५, मंगलवार ०१:५७

माघ ८, काठमाडौं । प्रहरीलाई घुस दिने व्यक्तिमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्राउ गर्ने अभियान अगाडि बढाएको छ । प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको हो । यो खबर आजको समाचारपत्र दैनिकमा छापिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुस दिनेलाई प्रक्राउ गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत समेत गरेको छ । प्रहरीले सवारी चाँजका क्रममा प्रभावमा पार्न दुई सयदेखि दुई हजारसम्म घुस दिने सवारी चालक र सह–चालकलाई नियन्त्रणमा लिएर सामाजिक हित विरुद्धको मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत मंसिरबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर घुस दिन खोज्नेलाई नियन्त्रणमा लिने अभियान सुरु गरेको थियो । प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङगेहात नियन्त्रणमा लिएर कारवाही गरेको महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले बताउनुभयो । 

सामाजिक विकृतीको रुपमा रहेको गलत संस्कार हटाउनका लागि अभियान नै सञ्चालन गरेको बताउँदै उहाँले गलत काम गर्ने व्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो ।

प्रहरीलाई सार्वजनिक सवारी साधनका चालक, सह–चालक र मोटरसाइकल चालकले घुस दिएको पाइएको छ । प्रहरीले घुस खादैन भन्ने मान्यतालाई स्थापित गर्न यो अभियान सञ्चालन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली