२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा इन्फ्लुएन्जाका बिरामी बढे, यस्ता व्यक्तिहरु उच्च जोखिममा

१० माघ २०७५, बिहीबार ०१:२०

माघ १०, काठमाडौँ । इन्फ्लुएन्जा (फ्लू) भाइरसका कारण दुई महिनाका बीचमा बिरामीको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै मानिसमा ए, बी र सी टाइपको फ्लुको संक्रमण देखिएको हो ।

काठमाडौँका सरकारी र नीजि अस्पतालका अधिकांस आईसीयू कक्ष फ्लू र निमोनियाका बिरामीले भरिभराउ छन् ।

काठमाडौँको नर्भिक, केएमसी, कान्ती, सुमेरु, ओम, ग्राण्डी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकू लगायतका अस्पतालका आईसीयूमा बिरामी भर्ना भएका छन् । तर जुनसुकै बेला भेन्टिलेटरमा लानुपर्छ भन्दै केही अस्पतालले भेन्टीलेटर बुक गराएर त्यसको प्रयोग नै नगरी दिनको ८ हजारसम्म शुल्क लिएको बिरामीका आफन्तले बताएका छन् ।

यसबाट मर्नेको संख्या बढेपछि नियमित बिरामीको सम्पर्कमा रहने अधिकांस चिकित्सकले फ्लूबिरुद्धको खोप लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने फ्लुका कारण मृत्यु हुने एक जना बाहेक अन्यसंख्या दिएको छैन । तर यसैका कारण केही दिनअघि ओम अस्पतालमा काठमाडौ निवासी ४९ वर्षीया एकजना महिलाको मृत्यु भएको थियो । उक्त अस्पतालमा पनि फ्लुका बिरामीको चाप बढेको उपचारमा संलग्न चिकित्सकले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

यस संक्रमणबाट दीर्घरोगी, गर्भवती, ६५ बर्ष माथिका र ५ बर्ष मुनीका बच्चामा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् । तर जुनसुकै उमेरका व्यक्ति भए पनि रोगसँग लड्ने क्षमता कमी भएमा यसको भाइरस लाग्न सक्ने बताउँदै चिकित्सकहरू भन्छन्–उमेर समूह बिदेशीले तोकेको हो, नेपालको भूगोल, वातावारण, बसोबासको प्रकृति फरक हुने हुनाले यहाँको अवस्था बाहिरको जस्तो नहुन सक्छ ।यो खबर आजको समाचारपत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली