2026-09-21 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा इन्फ्लुएन्जाका बिरामी बढे, यस्ता व्यक्तिहरु उच्च जोखिममा

माघ १०, काठमाडौँ । इन्फ्लुएन्जा (फ्लू) भाइरसका कारण दुई महिनाका बीचमा बिरामीको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै मानिसमा ए, बी र सी टाइपको फ्लुको संक्रमण देखिएको हो ।

काठमाडौँका सरकारी र नीजि अस्पतालका अधिकांस आईसीयू कक्ष फ्लू र निमोनियाका बिरामीले भरिभराउ छन् ।

काठमाडौँको नर्भिक, केएमसी, कान्ती, सुमेरु, ओम, ग्राण्डी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकू लगायतका अस्पतालका आईसीयूमा बिरामी भर्ना भएका छन् । तर जुनसुकै बेला भेन्टिलेटरमा लानुपर्छ भन्दै केही अस्पतालले भेन्टीलेटर बुक गराएर त्यसको प्रयोग नै नगरी दिनको ८ हजारसम्म शुल्क लिएको बिरामीका आफन्तले बताएका छन् ।

यसबाट मर्नेको संख्या बढेपछि नियमित बिरामीको सम्पर्कमा रहने अधिकांस चिकित्सकले फ्लूबिरुद्धको खोप लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने फ्लुका कारण मृत्यु हुने एक जना बाहेक अन्यसंख्या दिएको छैन । तर यसैका कारण केही दिनअघि ओम अस्पतालमा काठमाडौ निवासी ४९ वर्षीया एकजना महिलाको मृत्यु भएको थियो । उक्त अस्पतालमा पनि फ्लुका बिरामीको चाप बढेको उपचारमा संलग्न चिकित्सकले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

यस संक्रमणबाट दीर्घरोगी, गर्भवती, ६५ बर्ष माथिका र ५ बर्ष मुनीका बच्चामा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् । तर जुनसुकै उमेरका व्यक्ति भए पनि रोगसँग लड्ने क्षमता कमी भएमा यसको भाइरस लाग्न सक्ने बताउँदै चिकित्सकहरू भन्छन्–उमेर समूह बिदेशीले तोकेको हो, नेपालको भूगोल, वातावारण, बसोबासको प्रकृति फरक हुने हुनाले यहाँको अवस्था बाहिरको जस्तो नहुन सक्छ ।यो खबर आजको समाचारपत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो