<p>माघ ११, काठमाडौँ – एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । यो समाचार आजको अन्नपूण पोस्ट् दैनिकमा छ ।</p><p>सिलिन्डरको भल्व बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत सम्भार गरी आफूखुसी प्रयोग गर्दै आएको तथ्य बाहिर आएको छ । त्यति मात्र होइन, सिलिन्डरको हाइड्रोस्टेटिक नियमितरुपमा परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि उद्योगीले बेवास्ता गरेको भेटिएको छ । </p><p>गुणस्तर तथा नापतौल विभागले बिहीबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । </p>
January 25, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु
By kit
2 मिनेट पढाइ










