2026-07-24 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै दुर्लभ रगत ‘गोल्डेन ब्लड’ के हो ? जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले ‘गोल्डेन ब्लड’ अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ?

तर रगतका विभिन्न समूहमध्ये ‘गोल्डेन ब्लड’ पनि एक हो । यो निकै दुर्लभ रगत समूह हो । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत समूह ‘गोल्डेन’ हुनु घातक हुनसक्छ । जुन रगत समूहलाई ‘गोल्ड ब्लड’ भनिन्छ, त्यसको वास्तविक नाम RH Null ‘आरएच नल’ हो ।

आरएच नल के हो र यो किन महत्वपूर्ण मानिन्छ जसका कारण यसको तुलना सुनसँग गर्ने गरिन्छ ? आखिर यो रगत समूह हुनु उनीहरुलाई किन खतरा हुन्छ त ? 

खतरनाक ‘गोल्डेन ब्लड’

रगतमा जति पनि कम्बिनेशन छन्, त्यसमा RH Null सबैभन्दा फरक मानिन्छ । यदि कसैको रगतमा RH एन्टिजन नै छैन भने उसको रगत समूह RH Null अर्थात ‘गोल्डेन ग्रुप’ हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजाइकमा छापिएको एक लेखमा पेनी बेलीले लेखेका छन्, “पहिलोपटक यो रगत समूहको पहिचान सन् १९६१ मा गरिएको थियो । अष्ट्रेलियाकी एक महिलामा यो रगत समूह भेटिएको थियो । त्यसपछि अहिलेसम्म पूरै विश्वमा जम्मा ४३ मानिसमा यो रगत समूह भेटिएको छ ।”

नेशनल युनिभर्सिटी अफ कोलम्बियाका हेमाटोलोजी विशेषज्ञ नतालिया विलारोयाका अनुसार यो  रगत समूह वंशाणुगत रुपमा हुने गर्छ ।  

यो युनिभर्सल रगत समूह हो जो कुनैपनि RH र बिना RH को रगत भएका मानिसहरुलाई चढाउन सकिन्छ । तर यो आफैमा दुर्लभ रगत समूह भएकोले यो रगत दान एकदमै कमरुपमा गरिन्छ । नेशनल रिफ्रेन्स लेबोरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डका अनुसार एकदमै दुर्लभ भएका कारण नै यसलाई ‘गोल्डेन ब्लड’ भनिएको हो ।

बेलीका अनुसार यस समूहको रगत एकदमै महंगो हुनेगर्छ । कसैको नाम र ठेगानाबिना नै यो रगतलाई ब्लड बैंकमा राखिन्छ तर वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको लागि भने यो रगत दान गर्नेहरुको नाम ठेगानासहित राखेको पाइएको छ ।

गोल्डेन ब्लड ग्रुप हुनु मानिसलाई चुनौती पनि भइदिन सक्छ । युएस रेयर डिजिज फर इन्फर्मेशन सेन्टरका अनुसार यो रगत समूह भएको मानिसमा एनिमिया अर्थात रक्तअल्पता हुने डर हुने गर्छ । र उनीहरुलाई रगत चढाउनुपर्ने भयो भने यस समूहको रगत भेटाउन पनि समस्या हुनेगर्छ ।

यदि अन्य देशमा यो रगत समूहका दाता भेटिहाले पनि यसलाई ल्याउन खर्चिलो साथसाथै झन्झटिलो हुने गर्छ ।

यस रगत समूहका मानिसहरु ब्राजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा रहेका छन् । यो रगत समूहका मानिसहरुलाई आफ्नो रगत दान गरिराख्न प्रोत्साहन गरिएको छ । आवश्यक परेको बेला आफैलाई र यस समूहका अन्यलाई पनि काम लाग्न सक्छ । किनकी भनेको बेला यो रगत भेटाउन असम्भव जस्तै हुनेगर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक