२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! तपाईंको भान्सामा सिलिण्डर बम त छैन् ? आजै हेर्नुहोस् सिलिण्डरको म्याद

११ माघ २०७५, शुक्रबार ०७:४९

आजभोलि खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । उद्योगीहरुले गैरजिम्मेवार ढंगले असुरक्षित किसिमका सिलिन्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरुमा ‘सिलिन्डर बम’ ले असुरक्षा बढाएको छ ।

यस्ता असुरक्षित सिलिन्डरबारे उपभोक्ता सचेत हुन नसक्दा यस्ता घटनाहरु दिनहुँ बढ्दै गइरहेको छ । त्यसैले अब उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र त्यस्ता घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ । तपाईंले कहिल्यै ग्यास सिलिन्डरको म्याद गुज्रने मिति (एक्सपायर्ड डेट) जाँचेर खरिद गर्नुभएको छ ?  धेरै उपभोक्तालाई सिलिन्डरमा गुज्रने मिति उल्लेख हुन्छ भन्ने ज्ञान छैन । केहीले यसतर्फ थाहा पाए पनि खासै चासो दिँदैनन् ।

तर, म्याद गुज्रिएका सिलिन्डरहरु बमजतिकै जोखिमयुक्त र खतरनाक हुन्छन् भन्ने उपभोक्ताले बिर्सनुहुँदैन । सिलिन्डरको म्याद हेर्ने तरिकाबारे खासै अप्ठ्यारो छैन ।

थोत्रा र म्याद गुजि्रएका सिलिन्डरबाट ग्यास चुहिने र आगलागी तथा बिष्फोट हुने सम्भावना हुन्छ । यस्ता जोखिमयुक्त लाखौं ग्यास सिलिन्डर अहिले धेरै उपभोक्ताको भान्सामा पुगेका छन् । त्यसैकारण हरेक सचेत उपभोक्ताले ग्यास सिलिन्डरको गुज्रने मिति हेर्न आवश्यक छ ।

कसरी हेर्ने सिलिन्डरको गुज्रने मिति ?

सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०,  लगायतका अंक लेखिएका हुन्छन् ।

अंकले वर्षलार्इ बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।


gas cylinder expiry date

माथिको तस्वीरको सिलिन्डरमा ए-२३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।

अहिले ए-२०१६ सम्मका लेखिएका सिलिन्डरको मिति सकिएको हो भन्ने उपभोक्ताले जान्नुपर्छ । यस्तै बी-२०१६ लेखिएका सिलिन्डरको म्याद अब १२ दिनमात्रै बाँकी छ । किनभने जुनमिहना सकिन अब १२ दिन मात्रै बाँकी छ । म्याद सकिएका सिलिन्डर लिकेज हुने बिष्फोट हुने सम्को सम्भावना हुने विज्ञहरु बताउँछन् ।

यस्तै एक्सपायर्ड डेट बाँकी रहेपनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

बढ्दैछ सिलिन्डरमा खतरा

अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।

उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् ।  त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैका कारण नेपाली बजारमा २० वर्ष भन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५/५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि गरेका छैनन् ।

उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।

नाकाबन्दीबा बेलामा धादिङका उद्योगहरुमा आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुजि्रएका सिलिन्डरमा ग्यास भरेर बजार पठाइने गरेको भेटिएको थियो ।

अझ ग्यास सिलिन्डरमा नयाँ रंग पोतेर र फलामले खोपेर लेखिएका म्यानुफ्याक्चर्ड डेट मेटेर पनि बजार पठाउने गरिएको भेटिएको छ ।  सिलिन्डर कुच्चिएर बाहिरी आकार नबिग्रिएसम्म प्रयोग गरिरहन सक्ने जोखिमलाई नेपालको कानुनले नै संस्थागत गरेको छ ।

आपूर्ति मन्त्रालयअन्तरगत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट खटिएका शाखा अधिकृतको टोलीले केहीमिहना अघि झापामा गरेको अनुगमनमा पनि यस्ता मिति गुज्रिएका थुप्रै सिलिन्डर भेटिएका थिए ।

होटलमा प्रयोग भइरहेका त्यस्ता सिलिन्डर उपभोक्ताले नदिएपछि टोलीले जफत नै गर्न सकेन । बजारमा यस्ता हाइड्रोलिक टेष्ट नभएर मिति गुज्रिएका २५ प्रतिशत सिलिन्डर हुन सक्ने आयल निगमकै अधिकारी बताउँछन् ।

‘हामीसँग ग्यास सिलिन्डरको मिति हेर्ने छुट्टै निकाय नै छैन । त्यसैले कति सिलिन्डरको म्याद गुज्रिएका होलान्, अनुमानमा भन्न सकिँदैन’ आयल निगमका एक उच्च अधिकारीले भने-‘अनुगमन र कारवाही नभएपछि मनलाग्दी हुन्छ, त्यो देखिएकै छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै