माघ ११, काठमाडौं । कांग्रेस सांसदहरुले नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएको छ । विधेयक पास भए लगत्तै प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ ।
संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको बताए ।
सभापति देउवाले अब सदन र सडकमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।