Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डा.केसीद्वारा प्रधानमन्त्रीको राजीनामाको माग

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १२, काठमाडौं | आमरण अनशनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेलगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन्।<br></p><p>१७औं दिनदेखि अनशनरत डा. केसीले आफूसँग भएको सहमति विपरीत विधेयक पास भएको भन्दै यस्तो काम जनतामाथि नै धोका भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। डा. केसीले अनशन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरण अनशन कायमै राख्ने जानकारी दिएका छन्।</p><p>उनका सहयोगी जीवन क्षेत्रीले विज्ञप्ति पढ्दै सबै माग पूरा भएको भन्ने सरकार र सत्तारूढ दल नेकपाको दाबी खण्डन गरेका छन्। यो खबर नेपाल समाचारपत्रमा छ |</p>