2026-07-24 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा प्राधिकरण लापरबाही छैन

माघ १२, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले रासससँग कुरा गर्दै बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताउनुभयो । 

“प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ”, उहाँले भन्नुभयो, “करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्ती बस त्यहाँबाट पार गरेको थियो त्यसमा केही भएन, तर करेन्ट लागेको गाडीको छतमा ट्याङ्का राखिएको र त्यसले नाङ्गो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।” 

त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआए उहाँले स्पष्ट पार्नुभयो । सबैला नगरपालिकाले भने प्राधिकरणको लापर्बाहीले घटना भएको आरोप लगाएको छ । 

कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरेको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । घाइते छ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक