२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा खाजाघरको नाममा यौन व्यवसाय फस्टाउँदो, युवतीलाई यौनधन्दामा लगाउने २ जना पक्राउ

२०७५, १२ माघ शनिबार १०:३१

माघ १२, काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक खाजा घरमा प्रहरीले छापा मारेको छ । बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय पनि गर्दै आएको भन्ने विशेष सुचनाको आधारमा काठमाडौंको टोखा नगरपालिका–९, गोंगबुस्थित गणेशस्थानको कविता खाजाघरमा प्रहरीले छापा मारेको हो । यो सँगै दुई जनालाई पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा माघ ७ गते उक्त खाजाघरमा छापा मार्दा युवतीहरुलाई दैनिक २० देखि २५ जना ग्राहकसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाइएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । 


पक्राउ पर्नेहरुमा मनु छन्त्याल र राजु छन्त्याल भनिने राजु महर्जन रहेका छन् । सोही दिनदेखि फरार रहेका राजु छन्त्याललाई विशेष सूचनाको आधारमा वृतबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो । 

उनीहरुले युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी ग्राहकहरुसँग यौन सम्पर्क गर्न लगाएको, यौन सम्पर्क गर्न नमानेमा शारीरिक र मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

निजहरुले परिवर्तित नाम १६७ र परिवर्तित नाम १६७ (क) लाई निजहरुको ईच्छा मन्जुरी बिना दबाबमा पारी लामो समयदेखि जबरजस्ती यौनजन्य कार्यमा संलग्न गराइएको पाइएको छ ।

उनीहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह