Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘युवालाई विदेश पलायन रोक्नु चुनौती’

By साझासवाल 3 मिनेट पढाइ

<p><b>माघ १४, दमक (रासस) </b>| प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले देशको समृद्धि र विकासमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।&nbsp;<br></p><p>झापाका उत्कृष्ट पाँच युवालाई आज सम्मान गर्दै उहाँले युवाको सीप र दक्षतालाई देशमा नै लगानी गर्न युवाहरु स्वयं लाग्नुपर्ने बताउनुभयो । शिक्षा र सीपमा युवालाई आकर्षित गरी युवाको बढ्दो विदेश पलायनलाई निरुत्साहित गर्न प्रदेश सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । अध्ययन र रोजगारीका लागि युवा विदेशिने क्रममा नरोकिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दक्ष युवाहरुलाई देशमै रोजगारीका अवसर सृजना गर्न सरकार प्रयत्नशील छ ।”&nbsp;</p><p>युथ एक्सन नेपालले जिल्लाका विभिन्न पेशा–व्यवसाय र सामाजिक क्षेत्रमा उत्कृष्ट युवालाई छनोट गरी रु १० हजारसहित सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा अपाङ्गता भएकाको क्षेत्रमा क्रियाशील मदनकुमार बोहोरा, दमकस्थित रत्न ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने रीता सुनुवार, दमक पब्लिक लाइब्रेरीका युवा संयोजक दधिराम ढकाल, पुष्प व्यवसायमा महिलालाई आकर्षित गर्ने महिला उद्यमी सङ्घ झापाकी अध्यक्ष गोमा भट्टराई र सुपारीको पातबाट थाल, प्लेट उत्पादन गर्ने हरी दाहाल हुनुहुन्छ ।&nbsp;</p>