Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १५, काठमाडौँ – काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरुले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरु अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।

बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ ।

त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए ।

३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुईदिनसम्म सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै शव गाड्यो । परिवारको सदस्यले शव निकाले । शव अजितकै थियो ।

काठमाडौँस्थित शिक्षण अस्पताल ल्याए । उनको शव अझै अस्पतालमै छ ।