२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ स्वस्थ कि अस्वस्थ ? महिनावारीको बेला बग्ने रगतको रंगबाटै थाहा हुन्छ !

२०७५, १५ माघ मंगलवार ०८:०७

महिलाको योनिबाट प्रत्येक महिना रगत बग्नुलाई भनिन्छ | यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् ।

सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुँदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ । स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले निम्न संकेत गर्दछ  :

बाक्लो रगत तथा खैरो रंग – यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईंको महिनावारी अनियमित रुपमा भइरहेको छ । यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।

गाढा रातो रंग यो रगत – ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।

हल्का रातो रंग – यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपार्इं स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।

कालो तथा गाढा रातो -  कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ । महिनावारी भएको समयावधिमा यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह लिनुपर्छ ।

गुलावी रंग –यदि महिनावारीको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा