Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १६, काठमाडौँ – नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।&nbsp;</p><p>स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवतः पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन’, निमगका एक पुराना प्राविधिकले भने ।</p><p>२२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौँ–दाङ–काठमाडौँ उडान गरेको हो ।&nbsp;</p>