२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२४ औं स्थानमा

१६ माघ २०७५, बुधबार ०१:४४

माघ १६, काठमाडौं- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १२४ औं स्थानमा उक्लेको छ। गत वर्षको तुलनामा यस वर्ष नेपालले गत वर्षको जस्तै समान अंक ३१÷३१ पाएको छ। गत वर्ष नेपाल ३१ अंक पाएर १२२औं स्थानमा थियो।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा १ सय ८० मुलुकमध्ये नेपाल १२४औं स्थानमा पुगेको छ।

ट्रान्सपरेन्सीले १ सय ८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणालाई मूल्यांकन गर्दै यो सूचकाङ्क सार्वजनिक गरेको हो। सूचकाङ्कमा १०० पूर्णाङ्कले स्वच्छ र ० अंकले अति भ्रष्टाचार हुने संकेत गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।

त्यस्तै कुल १०० मा ८८ अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १० अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ।

दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ। ६८ अंक प्राप्त गरेको भुटान २५औं स्थानमा छ। यसै गरी ४१ अंक प्राप्त गरी भारत ७८औं स्थानमा, ३१ अंक प्राप्त गरी मालदिभ्स र नेपालसँगै १२४औं स्थानमा, २६ अंक प्राप्त गरी बंगलादेश १४९औं स्थानमा र १६ अंक प्राप्त गरी अफगानिस्तान १७२औं स्थानमा छन्। त्यस्तै ३८ अंक प्राप्त गरी ८९औं स्थानमा श्रीलंका रहेको छ भने ३३ अंक प्राप्त गरी पाकिस्तान ११७औं स्थानमा रहेको जनाएको छ। नेपालको उत्तरी छिमेकी मुलुक चीन भने ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको सूचकाङ्कमा उल्लेख छ। नेपाल समाचारपत्रमा यो खबर छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली