2026-09-18 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने ७ कुराहरु

काठमाडौं । रोजगारीको लागि बिदेशिनु प्रत्येक नेपालीको बाध्यता बनेको छ । स्वदेशमा रोजगार नहुँदा दिनहुँ परदेशिनेको संख्या बढ्दो छ । तपाई पनि विदेश जाने सोच बनाउँदै हुनुहुन्छ भने विदेश जानुअघि जान्नैपर्ने केही आधारभूत कुराहरु जान्नै पर्ने हुन्छ । 

१. नहतारिनुस, सीप सिक्नुस्

विदेश जाने योजना हतारमा नबनाउनुस् । हतारको निर्णयले फुर्सदमा पछुताउनु पर्ने पनि हुन्छ ।

वैदेशिक रोजगारीमा जानुअघी अनिवार्य सिप सिक्नुपर्छ । तपाईंसँग हातमा कुनै सीप छैन भने गाह्रो प्रकारको काम गर्नैपर्छ । आफुले जानेको काम गर्न विदेश जानुभयो भने आम्दानी पनि सोचेजस्तै हुन्छ ।

त्यसैले आफैं सीप सिकेर मात्र विदेशिने यात्रा तय गर्नुस् ।

२. वैधानिक संस्था समात्नुस्

तपाईं सकेसम्म कुनै व्यक्ति विशेष भरमा परेर अवैधानिक रुपमा विदेश नजानुहोला ।  त्यस्ताको साथमा लागेर म्यानपावर कम्पनी नजानुस्, सकेसम्म आफैं म्यानपारमा सिधा जानुस् । कुनै व्यक्तिले आफैं मिलाएर विदेश पठाउँछु भन्छ भने विनाआधार विश्वास नगर्नुस् ।

कन्सल्टेन्सी र्फम, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट वा अन्य कुनैपनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार छैन । यी कसैलाई पनि विदेश जाने आशामा रकम नदिनुस्, ठगिने सम्भावना हुन्छ ।

३.काम, सुविधा र लागतबारे जानकार हुनुस्

रोजगारीका लागि कुन देश र कुन काममा जाने भने निर्णय तपाईंले लिने हो । त्यसका लागि लागि कति खर्च लाग्छ ? काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता ? करार अवधि लगायतका बारेमा राम्ररी जानकारी लिनुस् ।

म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कामका लागि कति अवधिभित्र, कति लागतमा पठाउने भन्ने एकीन गरेर भर्पाईका साथमा मात्रै सक्कल पासपोर्ट बुझाउनुस् ।

आफ्नो नाममा भिसा आएर विदेश निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुस् । बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिएर सुरक्षित रुपमा राख्नुहोला । कुन देश जान कति रकम लाग्छ भन्ने जानकारी तपाईंले राख्नैपर्छ ।

४.आफु जाने देशबारे जानकारी राख्नुस्

विदेशमा काम गर्न जानु पक्का पनि सजिलो छैन, त्यसैले आफु जान लागेको देशको बारेमा राम्रो जानकारी राख्न आवश्यक छ । त्यो देशको भाषा संस्कृति, रहन-सहन, चालचलन, रितिरिवाज र कानूनको बारेमा साथिभाइ वा अग्रजसँग जानकारी लिनुस् ।

त्यहाँ पुगेर फर्किएकाहरु र त्यहाँ रेकाहरुसँग यस्ता जानकारी सजिलै पाइन्छ । आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र क्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ । अप्ठेरो त्यसले निकै सहयोग पुग्नेछ ।

५. श्रम, भिसा र पासपोर्टबारे सचेत हुनुस्

वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनिुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति पाउन सकिन्छ ।

पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले पुनःश्रम स्वीकृति (नविकरण) लिनुपर्छ । करार अवधि सकिएपछि पनि स्वीकृति बिना गैरकानूनी तरिकाबाट भिसाको म्याद भन्दा बढी समय नबस्नुस् ।

६. अनिवार्य बीमा गराउनुस्

विदेश जानुअघि सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुहोला । सरकारले तोकेको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिन नचुक्नुस् । विदेशबाट स्वास्थ्य परीक्षण्मा फेल भएर फर्किनु पेरमा यसले क्षतिपूर्ति माग्न आधार प्रदान गर्छ ।

सरकारले तोकेको बीमा कम्पनीमा करार अवधि अनुसार जीवन बीमा गराउनुस् । बीमाका लागि रकम बुझाएर रसिद लिनुस् र सुरक्षित राख्नुस् । बीमाको रकम नतिरी श्रम स्वीकृति पाइँदैन । बीमा शुल्क दलाललाई नबुझाउनुहोला, बीमा कम्पनीमै गएर रकम आफैंले बुझाउनुस् ।

७. कागजात सुरक्षित राख्नुस्

वैदेशिक रोजगारीमा जान विदेश प्रस्थान गर्नु्अघि आफुले प्राप्त गरेका रोजगारसम्वद्ध सबै कागजातहरुको प्रतिलिपि एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्नुपर्छ ।

आफ्नो साथमा लिएर जानपर्ने सबै कागजातपत्रहरु रुजु गर्नुस् । किनकि अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर कागज नभएर समस्या झेल्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई