२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक थकान महसुस हुन्छ ? यी गम्भीर रोगको संकेत हुन सक्छ

२०७५, १७ माघ बिहीबार ०९:०१

थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । यस्तो अवस्थामा दिनचर्या बदल्न, मनोवैज्ञानिक सल्लाह लिन, डाक्टरको सल्लाहमा औषधि लिनुका अलावा राम्रोसंग निद्रा पु¥याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । बढी आलस्यताले केही गम्भीर रोगको संकेत गर्छ । मुख्य रुपमा यी चार खालका रोगमा आलस्यता देखिन्छ ।

मुटुको रोगको खतरा

अनुसन्धानअनुसार हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्छ । पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ । यसको रोकथामका लागि धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्नुपर्छ । यसका साथै, कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड 19, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनुपर्छ । यदि श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउन सकिन्छ ।

कलेजोको समस्या

लगातार थकान महसुस हुन्छ भने कलेजोमा समस्या पनि हुन सक्छ । रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन सक्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा लिभर फङसन टेस्ट गराउनुपर्छ ।

एनिमिया

आइरनको कमीमा पनि शरीरमा आलस्यपना आउन सक्छ । सामान्य अवस्थामा महिलामा महिनावारीमा, गर्भ रहेका बेला या स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसमा छालाको रंग पहेलों हुन्छ । चिडचिडाहट र आलस्य हुन्छ, सुगरको स्तर पनि घट्छ । यद्यपि सुगरको लेभल डाइबिटिजमा पनि घटबढ हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता परीक्षण गराउन सकिन्छ ।

थाइराइड

अधवैंशे उमेरका मानिसहरुमा खासगरी न्यून थाइराइडको समस्या बढी हुन्छ । थाइराइड ग्ल्याण्ड टी ४ र टी ३ जस्ता हार्मोन बनाउँछ र यो उमेरमा यो प्रक्रिया सुस्त हुन्छ । यद्यपि अन्य प्रक्रियाहरु पनि धिमा हुन्छ । यसैले यस्तो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन या कपाल झर्ने समस्या हुन्छ । 

यस्तो समस्या हुँदा थाइराइड 19 (टी ३, टी ४, टीएसएच), थाइराइड एन्टीबडी, थाइराइड स्क्यान गराउनुपर्छ । टीएसएच थाइराइड बढाउने हर्मोन हो । हाइ टीएसएच या लो टी ४ को अर्थ हो क्रोनिक हाइपोथाइराइड । यदि टीएसएच उच्च छ र टी ४ नर्मल छ भने पनि हाइपोथाइराइड हुन सक्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह