२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले

२०७५, १९ माघ शनिबार ०३:०४

माघ १९, काठमाडौँ । चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ ।

मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार बिग्रिसकेको थियो । उनको चाहानाविपरीत म उभिएको देखेपछि प्रतिशोध साध्न भ्रष्टाचारको मुद्दा लगायो ।


जेल जीवन भनेको मनसँग जोडिएको विषय हो । जेलमा सुख त हुँदैन । मनले सुख मान्यो भने दुःख पनि हुँदैन । जेलमा बस्दा दुःख मानिनँ । त्यसकारण पछिल्लो समय १३ महिना जेलमा आरामसँग बसेँ । अलिकति ध्यान, योग गरेँ, अलिकति पुस्तक पढेँ । करिब ५०–६० पुस्तक पढेँ हुँला । साहित्य, दर्शन, धार्मिक, इतिहास, जुन उपलब्ध हुन्छन्, ती पुस्तक पढेँ । जेलमै एउटा पुस्तक पनि लेखेँ, ‘बन्धनशालमा खीर’ । उपन्याय हो, प्रकाशित भइसकेको छ ।

०४६ को परिवर्तनपछि केन्द्रमा सत्ताको लुछाचुँडी, विश्वास–अविश्वास, घात–प्रतिघातमा लाग्यौँ । हाम्रा सांसदहरू सुरा, सुन्दरी र द्रव्यको प्रयोगमा लागे । माओवादी हत्या–हिंसामा हाम्रै मान्छे पनि काटिए, मारिए । यो समस्या समाधनमा भन्दा कांग्रेस र एमाले सत्ताको लुछाचुँडीमा लागे । राजा यी दुवैलाई हेर्दै रमाएर बसे कांग्रेस, एमाले र राप्रपा एक–आपसमै लुछाचुँडीमा लाग्छन् र मेरो हातमा सत्ता आउँछ भन्ने सपनामा राजा लागे । मुलुक नै बन्धनशाला जस्तो भएकाले यी विषयलाई समेट्दै ‘बन्धनशालामा खीर’ लेखेँ । एकातिर अँध्यारो भए पनि प्रकाश र उज्यालोको प्रतीक खीर भएकाले पुस्तकको नाम जुराएँ ।

कोइराला परिवारबाट कोही भेट्नै आएनन्

०६७ मा जेल परेपछि हजारौँ मान्छे भेट्न आए । शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुई(तीन पटक आए । गिरिजाप्रसाद कोइरालासँग नजिक भएका साथीहरू आएनन् । तर, उहाँहरू नजिक भएका नेताहरू भेट्न आए । विजय गच्छदार पनि भेट्न आए । त्यतिवेला, गिरिजाबाबु बितिसक्नु भएको थियो । गिरिजाप्रसादसँग नजिक भएका मान्छेहरू नआउँदा पनि त्यस्तो नराम्रो लागेन । किनकि, मैले जानेरै र बुझेरै असहमति राखेको थिएँ । ‘पार्टी फुटाउन दिनुहुँदैन, शेरबहादुरजीसहितका नेतालाई रोक्नुपर्छ’ भनेको थिएँ ।

उहाँले किसुनजीलाई हटाउने, खेल्ने र स्वार्थ देखाउने व्यवहार देखाउनुभएको थियो । पार्टीमा एकछत्र राज गर्नुभएको थियो । उहाँ बिपी जस्तो विवेक भएको नेता पनि होइन । गिरिजासँग असहमति राख्दा यिनले पिर्छन् भन्ने थाहा थियो । प्रजातन्त्रको पक्षमा, राजाको शासनको विपक्षमा लागियो, आन्दोलन गरियो । त्यसैले नेताले गरेको अन्याय किन सहने भनेर गिरिजाबाबुको विरुद्धमा लागेको हुँ । पेल्छन् भन्ने जानेरै खिलाफमा लागेको हुँ, जति सकेँ, त्यति लडेँ । कांग्रेस नेता चिरञ्जीवी वाग्लेकाे याे संस्मरणा नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो