२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेकपाका दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

२०७५, २० माघ आईतवार ०२:४६

चिसाङ शेर्पा | माघ २०, खोटाङ | नेपाली कांग्रेसको आस्था र विचार मन परेको भन्दै विपक्षी पार्टीका दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विभिन्न स्थान (वडा)बाट स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

आफ्नो पार्टी परित्यागगरी कांग्रेस प्रवेश गर्नेमा स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीबाट वडाध्यक्षका उम्मेद्वारदेखी सामान्य कार्यकर्तासम्म छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीबाट २०७४ सालमा वडाध्यक्षका उम्मेद्वार विमानन्द चाम्लीङ, नेपाल शिक्षक महासंघका सदस्य सुनिल राई, नेकपाका कार्यकर्ता पवन राई, याम्खाबाट कल्याण खत्री, मिलन गुरुङ, मिलन श्रेष्ठ, रमेश अधिकारी र बतासेबाट वीर बहादुर राई, सम्झना जोगी, टंक बहादुर कट्वाल, पार्वता कट्वाल, फुलमाया जोगी, विरेन्द्र राई, नीर सिं खत्री, कुमारी पाण्डे र सनिसा राई पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुन् ।


नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा कार्यसमिति बतासेले जनता उच्च माविमा शनिबारदेखी आयोजना गरेको वडास्तरिय खुला पुरुष भलिवल प्रतियोगिता तथा सांगीतिक कार्यक्रमको अवशरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले अविरमाला लगाइ पार्टीको चुनाव चिन्ह र झण्डा दिएर पार्टी प्रवेश गराएका हुन् । खुला पुरुष भलिवल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । कार्यक्रम आइतबार सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु